एकै दिन नरैनापुरमा ५६ जनाको स्वाब संकलन

बाँके नरैनापुर गाउँपालिका क्षेत्रबाट कारोना संक्रमण जाँचका लागि आज ५६ जनाको स्वाब संकलन भएको छ ।
नरैनापुर गाउँपालिकाको ६ वटै वडाका धार्मिक स्थलबाट पुजारी, मौलाना सहित ५६ जनाको स्याम्पल संकलन गरिएको नरैनापुर गाउँपालिकाका सूचना अधिकारी लक्ष्मीकान्त मिश्राले बताए ।
मस्जिद मदरसाबाट ३१ जना, क्वारेन्टीनबाट १६ जना, दुई जना स्वास्थ्यकर्मी र ७ जना पुजारीको स्याम्पल संकलन गरिएको हो । संकलन भएको स्वाब नेपालगन्ज स्थित भेरी अस्पतालमा पीसीआर जाँचका लागि पठाइएको स्वास्थ्य संयोजक मोइन खानले जानकारी दिए ।
बाँकेमा दुई जनामा कोरोना संक्रमण देखिएकोमा एक जनामा पोजेटिभ पुष्टि भएपछि स्वास्थ्यकर्मीको टोलीले धार्मिक स्थल, मदरसा लगायत स्थानमा सेवा प्रवाह गरिरहेका धर्मगुरु, पुजारीको स्वास्थ्य परीक्षण प्रक्रिया अघि बढाएको हो ।
नेपालगन्जका एकजना पुरुषमा कोरोना संक्रमण पुष्टि भएपछि सहरका चार स्थानलाई सिल गरिएको छ । कोरोना पोजिटिभ देखिएका व्यक्ति नेपालगन्ज उपमहानगरपालिकाको डिएसपी रोड महेन्द्र पार्कका ६० वर्षीय हुन् । अर्का एकजना युवा भने निगरानी आइसोलेसनमा छन् ।

प्रतिक्रिया

प्रतिक्रिया