अन्य क्षेत्रका जस्तै लकडउनका कारण आफुले उत्पादन गरेको तरकारी बिक्रि बितरण गर्न नपाउदा खजुराका तरकारी उत्पादन गर्ने कृषकहरु पनि मर्काका परेको छन् ।
४ कठ्ठामा लगाएको टमाटरले बिक्रि गर्न नपाउदा कुहेर जाने अवस्थामा पुगेको खजुरा ८ एगाउँका कृषक खगेन्द्र बुढाक्षेत्रीले बताए । लकडाउन अगाडी घरैबाट बिक्रि हुने टमाटर लकडाउन बजार नपाउदा जनतन लगानी मात्रै उठ्ने स्थिति रहेको उनले सुनाए ।
यसै यस्तै लकडाउनका कारण सिमला खुसार्नी, काक्रो लगायतका तरकारी बेच्न नपाएर ठुलो नोक्सानी परेको खजुरा ३ ए गाउँका कृषक पदम बहादुर रानाले अनुगमनमा पुगेका अधिकारकर्मीसंग दुखेसो पाखेका थिए । लकडाउनका कारण बजारमा तरकारी पठाउन नपाउदा झण्डै २ लाख घाटा हुने उनले भने । काक्रा र सिम्ला खुर्सानी लगायतका तरकारी बेन्च नपाउदा खेतमै कुहिने अवस्था भएको उनले सुनाए । नेपालगंज बजारमा भारतिय तरकारी आउने र गाउँका तरकारी कुहिने स्थिति आउन नदिन सम्बन्धित पक्षको ध्यान पुग्न जरुरी देखिएको छ ।

बिश्वव्यापी रुपमा फैलिरहेको कोभिड–१९ बाट उत्पन्न वर्तमान जटिल परिस्थितिमा मानव अधिकारको अवस्था अनुगमन गर्न नेपालगंज उच्च बारका अध्यक्ष बिकाश आचार्य, फियान नेपालका नेपालगंज प्रमुख सुरेश कुमार गौतम, मानव अधिकार एलाइन्सका बाँके अध्यक्ष प्रभात कुमार ठकुरी, सुचना र मानव अधिकार अनुसन्धान केन्द्रका अध्यक्ष बिश्वजित तिवारी र अधिकारकर्मी वसन्त गौतम सुक्रवार खजुरा पुगेका थिए ।
यस क्रममा अधिकारकर्मीले कोरोना बिरुद्धको अभियानमा खजुरा गाउँपालिकाले चालेका कदम, राहत बितरण प्रणाली, क्यारेन्टिनको अवस्था, खजुरा क्यान्सर अस्पतालमा तयार पारिएको आईसोलेनको स्थिति बारे जानकारी लिइएका थिए । यसै गरि लकडाउनले कृषकलाई परेको समस्याका बारेमा समेत तथ्य संकलन गरिएको थियो । गाउँमा किसानले उत्पादन गरेको तरकारी खेर जान नदिई बजारका उपभोक्तासम्म पु¥याउन सम्बद्धहरुको ध्यान जानु पर्ने अधिकारर्कीले बताएका छन् ।









