जति भीड त्यति कोभिड
लकडाउनमा यहांँको दिनचर्या कसरी चलिरहेछ ?
म हाल राहत वितरणको कार्यमा व्यस्त छु । जबदेखि लकडाउन लागु भएको छ तब देखि नै दावते इस्लामीको केन्द्रले हामीलाई आदेश दिएको छ कि कोही पनि भोको बस्न नपरोस् । दावते इस्लामी मुस्लिम समुदायको लागि बनेको एक मात्र मुस्लिम कलेज हो । जसले लकडाउन अवधीभरी कसैलाई भोकै बस्न नपरोस् भनी राहत वितरण कार्य गरिरहेको छ म पनि त्यसको सदस्य भएकोले म आफैंै पनि घर घर पुगेर राहत वितरण गरिरहेकोछु ।
यस्तो बेलामा राज्यको दायित्व के हो र राज्यले आफ्नो दायित्व कसरी निर्वाह गर्दैछ ?
केन्द्रको कुरा गरौं भने सुरुमा नै यहांका विज्ञ र डाक्टरहरुले गुहार लगाई राख्दा कि लकडाउन गर्नुस् । लकडाउन गर्नु पर्ने कुरालाई नेपाल सरकारले वास्ता गरेन् अन्तरराष्ट्रिय उडानहरु समेत रोकिएन् । तर, भारतले लकडाउन घोषणा गरी सकेपछि मात्र नेपाल सरकारले लकडाउनको आदेश दियो । स्थानीय सरकारको कुरा गरौं भने नेपालगन्जका जनप्रतिनिधिहरुले ठोस निर्णर्य लिएका छैनन् । राहत वितरणमा भ्रष्टाचार भइरहेको कुरा र राहत वितरणको नाममा कनिका मिसाइएको चामल र कुहिएको दाल बाडियो । तर स्थानीय निकायले त्यसमा कुनै कारबाही गरेन ।
मुस्लिम समुदायले लकडाउनको पालना कसरी गर्दैछन् ?
मुस्लिम समुदायले यस महामारीको संवेदशीलता बुझेर सबै निर्देशन पालना गर्दैछ । तर भारतको मिडिया को प्रभाव नेपालमा परेको छ यसले गर्दा केही अनलाइन मिडियाले मुस्लिम समुदायलाई बदनाम गर्ने खालका समाचार दिएर सामाजिक सद्भाव बिगार्ने काम गरिरहेका छन् । त्यस्ता मिडियामाथि कारबाही होस् र सबैले ति मिडियालाई बहिष्कार गरौं ।
अन्तमा समाजलाई कुनै सन्देश छ भने ?
सरकारको नियमको सम्मान गर्नुपर्छ । राज्यलाई सहयोग गर्न तपाईले धेरै गर्नु पर्दैन् घरभित्र बसी सहयोग गरौं । जति भीड त्यति कोभिड अर्थात भीडभाड भएको ठांउमा न जाने भीडभाड नगर्ने र लकडाउनको पालना गर्ने यो नै हामी सबैको जिम्मेवारी हो ।
मस्जिदमा नमाज स्थगित छ
यतिबेला तपाईंको दिनचर्या ?
लकडाउनमा पठनपाठनमा र रिसर्चहरु सोच्न र सोसल मिडियाबाट अपडेट रहनमा व्यस्त छु । साथै कोरोना भाइरसबाट बच्न सरकारले जुन निर्देशनहरु दिएकोछ त्यसको पूर्णतः पालना गर्नुहोस् भनी समुदायलाई सन्देश दिंदैछु कि यो एक महामारी हो यसबाट बच्न हाम्रो शरियतले पनि सिकाउंछ भनी शरीयतका कुरा पनि सिकाउंछु ।
मुस्लिम समुदायले लकडाउनको पालना कसरी गरिरहेका छन् ?
मुस्लिम समुदायले लकडाउनको पूर्ण पालना गर्दैछन् । अहिले मस्जिदमा नमाज स्थगित गरिएको छ । जुमाको नमाज जुन अनिवार्य मस्जिद मैं पढ्नु पर्ने आदेश छ तर लकडाउनका कारण अहिले मुस्लिमहरु जुमाको नमाज पढ्न सक्ने अवस्था न भएकोले जुहरको नमाज घरमा पढिरहेछन् । तर एक दुई जनाको गल्तीलाई लिएर सोसल मिडियामा केहीले सम्पूर्ण मुस्लिम समुदायलाई नै दोषी ठहराउने गरी अनलाइन खबर र पोस्टहरु साझा गर्दैछन् । जसले गर्दा आपसी सौहार्द सम्बन्ध बिथोलिदैंछ ।
यतिबेला समाजलाई के भन्नु हुन्छ ?
यो महामारी जो कसैले गर्दा फैलिन सक्छ त्यसकारण यसलाई समुदायसंग जोड्ने काम मिडियाबाट नगर्नुहोस् बरु बच्ने उपायहरु साझा गर्नुहोस् । समाजलाई यति भन्छु कि यस्ता मिडियालाई र व्यक्तिलाई नजरअंदाज गर्नुहोस् तिनका पछाडि न लाग्नु होस् ।
अब मुस्लिम समुदायको पवित्र महिना रमजान शरीफको आगमन हुँदैछ, यदि लकडाउन लम्बियो भने कसरी मनाउने होला ?
मुस्लिम समुदायले अहिले लकडाउनको पालना गर्दै आइरहेको छ । यदि लकडाउन सकिन्छ भने सामाजिक दूरी कायम गरी नमाज इबादत गरिन्छ । तर लकडाउन लम्बियो भने हामी त्यसका लागि मानसिक रुपले तयार हुन र घरमै इबादत गर्न भनी सुझाव दिन्छु ।
अन्तमा ?
नेपाल मात्र नभइ विश्व नै यो समस्याले लड्दैछ त्यसकारण यस गाह्रो परिस्थितिमा लाकडाउनको पालना गर्नुहोस् । एक अर्काको सहयोगी बन्नुहोस् । सामाजिक सद्भाव कायम राख्नुहोस् ।
बांँकेका मस्जिद र मदरसाहरुको निरक्षण गर्दैछु
मौलाना मन्सूर आरफी
धर्मगुरु
यो लकडाउनमा यहांँको दिनचर्या कसरी चलिरहेछ ?
अहिले सामाजिक कार्यमा व्यस्त छु । कोरोना भाइरसबाट बच्न सरकारले जुन निर्देशनहरु दिएको छ त्यसको पुर्णतः पालना गर्नुहोस् भनी समुदायलाई सन्देश दिंदैछु कि यो एक महामारी हो यसबाट बच्न हाम्रो शरियतले पनि सिकाउंछ भनी शरीयतका कुरा नि सिकाउंछु । साथै नेकपासंग आबद्धता रहेकोले प्रशासन कार्यालयको र धार्मिक गुरुहरुको मिटिंगमा सहभागी भइ आफ्नो दायित्व पुरा गर्दैछु । जस्तै एउटा हल्ला चल्यो कि मदरसामा मानिसहरु लुकेका छन् र नमाज भइरहेछ भन्ने । त्यो खबर गलत हो कि सही भनी प्रशासन कार्यालयको टीम संगै बांँकेका मस्जिद र मदरसाहरुको निरीक्षण गर्दैछु ।
मुस्लिम समुदायले लकडाउनको पालना कसरी गरिरहेका छन् ?
मुस्लिम समुदायले लाकडाउनको पुर्ण पालना गर्दैछन् । अहिले मस्जिदमा नमाज स्थगित गरिएको छ । जुमाको नमाज जुन अनिवार्य मस्जिद मै पढ्नु पर्ने आदेश छ तर लाकडाउनका कारण अहिले मुस्लिमहरु जुमाको नमाज पढ्न सक्ने अवस्था न भएकोले जुहरकोनमाज घरमा पढिरहेछन् । यहां सम्मीक शबेबरात जस्तो महानपर्व कब्रिस्तान जानु सुन्नत हो र यस अघिका दिनमा गइरहेका थिए तर यस पाली सबै मुस्लिमहरुले घरैबाट आफ्ना मुर्दाहरुलाई इशालेसवाब गरे घरै इबादत गरी लकडाउनको पालना गरे ।
यस्तो अवस्थामा जब लकडाउनका कारण मानिसहरु भोकै बस्न बाध्य छन् । त्यस्तो बेलामा राज्यको दायित्व के हो र राज्यले आफ्नो दायित्व कसरी निर्वाह गर्दैछ ?
सुरुमा नै लकडाउन गर्नु पर्ने थियो तर भारतले गरिसके पछि मात्र गर्यो । जे होस् अहिले चाहिं राज्यले आफ्नो दायित्व एकदमै राम्रो तरिकाले निर्वाह गरिरहेछ । राहत वितरण गर्दैछ ।
लकडाउन लम्बियो भने कसरी मनाउने होला इद ?
मुस्लिम समुदायले अहिले लकडाउनको पालना गर्दै आइरहेको छ । यदि लकडाउन सकिन्छ भने सामाजिक दूरी कायम गरी नमाज इबादत गरिन्छ । तर लकडाउन लम्बियो भने हामी त्यसका लागि मानसिक रुपले तयार हुन र घरमै इबादत गर्न भनी सुझाव दिन्छु ।
अन्तमा समाजलाई कुनै सन्देश छ भने ?
सबैलाई मेरो अनुरोध छ कृपया राज्यलाई र प्रशासनलाई सहयोग गरिदिनुस् । सरकारको फैसला जनताकै हितका लागि हुन् तसर्थ यसको पालना गरिदिनुस् ।