बाँके : आइसियुमा रहेका दुईको मृत्यु

शिक्षण अस्पताल नेपालगन्ज र कोहलपुरमा दुई जना बिरामीको मृत्यु भएको छ । आइसियुमा उपचाररत् उनीहरुको आज शनिबार निधन भएको हो ।


दाङमा कुटपिटबाट घाइते भई उपचारका लागि कोहलपुरमा भर्ना गरिएका व्यक्तिको निधन भएको प्रहरीले जानकारी दिएको छ । अर्को दमका बिरामी रहेका व्यक्तिको नेपालगन्ज मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको छ ।


नेपालगन्जमा मृत्यु भएका बिरामीको स्वाब परीक्षणको तयारी गरिएको बाँके प्रहरी प्रवक्ता डिएसपि शिव बहादुर सिंहले जानकारी दिएका छन् । सतर्कताका लागि स्वाब परीक्षणको तयारी गरेको सिंहले बताएका छन् ।

प्रतिक्रिया

प्रतिक्रिया