लकडाउन : ६ दिनमा काठमाडौंबाट नेपालगन्ज

काठमाडौंबाट ६ दिन लगाएर ५३ भारतीय जना शुक्रबार नेपालगन्ज आइपुगेका छन् । लकडाउनले काम भएपछि मजदुरहरु अनेकन कष्ट सहेर ६ दिनमा नेपालगन्ज आइपुगेका हुन् । उनीहरुसँग स साना बालबालिका पनि सँगै रहेका छन् ।


भारत लखिमपुरका मजदुरहरुको गु्रप बढी जसो बाटो हिडेरै नेपालगन्ज आएको हो । बीच बीचमा टकमा समेत यात्रा गरेको देवकी चौहाले बताए । काम छैन, मजदुरी गरेर पेट पाल्छौं, लकडाउन भएपछि आम्दानी बन्द भयो त्यसैले घर जान हिडेको उनी बताउँछन् ।


शुक्रबार दिनभर विपीचोकमा रहेका उनीहरुलाई नेपालगन्ज उपमहानगरपालिकाले महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जको क्वारेन्टाइनमा लगेर राखेको छ ।

प्रतिक्रिया

प्रतिक्रिया