सरकारले बैशाख १५ गतेसम्म लकडाउन बढाउने निर्णय गरेको छ । गत चैत्र ११ गते पहिलो पटक एक साताका लागि लकडाउन गरिएको थियो । सरकारले तेस्रो पटक लकडाउन बढाएको हो ।
कोरोना भाइरस विरुद्ध सतर्कता अपनाउँदै मंगलबारको मन्त्रीपरिषद् बैठकले लकडाउन बढाएको हो । दोस्रो पटक बैशाख ३ गतेसम्मका लागि लकडाउन गरिएको थियो ।
लक डाउन हुनुभन्दा अघि नेपालमा कोरोना संक्रमितको संख्या जम्मा दुई जना थियो तीमध्ये पनि एक जना उपचार भएर घर फर्किसकेका थिए।
अहिले कोरोना संक्रमितको संख्या १६ पुगेको छ।








