भेरीलाई संघीय अस्पतालको व्यवहार भएन : सुवेदी

भेरी अस्पताल नेपालगन्जलाई संघीय अस्पतालको व्यवहार हुन नसकेको धारणा संघीय संसद, प्रतिनिधि सभा, कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति पूर्ण कुमारी सुवेदीले राखेकी छन् । उनले भेरीका चिकित्सकका लागि पिपिएको आवश्यकता रहेकाले यस विषयलाई गम्भीरतापूर्वक लिन सरकारसँग माग गरेकी छन् ।


सांसद सुवेदीले व्यावहारिक रूपमा अहिलेको आवश्यकता अनुसारको म्यानपावर र त्यसलाई चाहिने आवश्यक स्वास्थ्य सामाग्रीहरु उपलब्ध भएमात्र आत्मविश्वासका साथ काम गर्न सक्नेतर्फ सरकारको ध्यानाकर्षण गराएकी हुन् ।


समितिका सभापति सुवेदीले कृषि तथा पशुपंक्षी विकास मन्त्रलय र उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयलाई विश्वभर फैलिरहेको कोरोना भाईरसको संक्रमण नेपालमा नफैलियोस भनेर नेपाल सरकारले देशभर लागु गरेको लकडाउनको अवस्थामा नेपाली कृषकहरुको उत्पादन निर्वाध रुपमा उपभोक्ता समक्ष पुग्न समस्या भएको प्रति समितिको गम्भिर ध्यानाकर्षण भएको बताएकी छन् ।


सभापति सुवेदीले दूध उत्पादक किसानले बजारको समस्याका कारण उत्पादित दूध नष्ट गर्नुपर्ने अवस्था भएको हुँदा सुरक्षित तरिकाले दूध संकलन एवम् बिक्री गर्ने प्रवन्ध तत्काल गर्नु पर्ने उल्लेख गर्दै भनेकी छन्, दूधको उपभोक्ता विषेश परिस्थितिले गर्दा कम वा वजारसम्म बाहिर ननिस्किँदा दूध खपत नहुने अवस्था भएकामा उत्पादित दूध पाउडर बनाउने प्रयोजनका लागि उद्योगमा पठाउने व्यवस्था तत्काल गरिनुपर्छ ।


कैलाली जिल्लाको टिकापुरमा केरा उत्पादक किसान तथा अन्य देशै भरका किसानहरुलाई हालैका दिनमा परेका समस्याहरुको स्मरण गर्दैस कुखुरा, अण्डा, माछामासु, तरकारी, फलफूल उत्पादक किसानहरुलाई क्षति पुगेको उल्लेख गर्दै समितिका सभापति सुवेदीले एकातर्फ किसनबाट उत्पादित कृषि जन्य पदार्थको पहुँच बजारसम्म हुन सकेको छैन भने अर्को तर्फ उक्त बस्तुहरु उपभोक्ताहरुले सहज रुपमा पाउन नसकेको अवस्था अन्त्य गर्न तथा किसानबाट उत्पादित कृषि सामग्रीहरु सुरक्षित रुपमा तत्काल बजारमा पुर्याउने व्यवस्थाका लागि निर्देशन गर्ने निर्णय गरेकी छन् ।

प्रतिक्रिया

प्रतिक्रिया