बिहीबार साँझ कारकाँदो शान्तिनगरमा रुखमा झुण्डिएको अवस्थामा फेला परेकी १४ बर्षीया बालिका ललिता विष्टको शव नेपालगन्ज मेडिकल कलेजमा राखिएको छ । बिहीबार साँझ घटनास्थल सुरक्षा गरी बसेको प्रहरीले शुक्रबार विहान मुचुल्का गरेर शव उठाएको हो ।
बाँके प्रहरीका प्रहरी निरीक्षक रिदेश सापकोटाले मृतक बालिकाको परिवार बझागंबाट हिडिसकेकाले उनीहरु आएपछि भेरी अञ्चल अस्पतालमा पोष्टमार्टम गर्ने बताएका छन् ।
निरीक्षक सापकोटाले घटनाको अनुसन्धान सुरु भएको र पोष्टमार्टम पछि मृत्युको कारण खुल्ने बताएका छन् ।
मृतक विष्ट लग्दहवा मावि कक्षा ८ मा अध्ययनरत् थिइन् । उनी जगन्नाथ गाउँपालिका बाजुर बस्ने विष्ट कारकाँदो शान्तिनगर स्थित शान्ता मल्लको घरमा बस्दै आएकी थिइन् ।








