नेपालगन्जको कारकाँदो स्थित शान्तिनगरमा एक बालिकाको रहस्यमय मृत्यु भएको छ । प्रहरीको घरमा बस्दै आएकी बाजुराकी १४ बर्षिया बालिका रुखमा झुण्डिएको अवस्थामा फेला परेकी हुन् ।
बिहीबार साँझको घटना भएकाले प्रहरीले घटनास्थलको सुरक्षाका लागि टोली खटाएको छ । ‘भोलि (शुक्रबार) विहान अनुसन्धान टोली पुगेर मुचुल्का गर्नेछ’, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक रिदेश सापकोटाले भन्नुभयो, ‘अहिले राती भएकाले घटनास्थल सुरक्षाका लागि टोली खटाएका छौं ।’
प्रहरीले घटनास्थलको तस्विर लिन रोकेको छ । नेपालगन्जन्यूजका फिल्डमा पुगेका प्रतिनिधिलाई खटिएको प्रहरीले तस्विर खिच्न रोक लगाएको हो ।
बाँके प्रहरी प्रवक्ता शिव बहादुर सिंहले मृतक बालिकाको परिवारलाई घटनाबारे जानकारी दिएको बताएका छन् ।
बालिकाको खुट्टाले भुइँ छोएको, झुण्डिएको रुखको तल चप्पल रहेको अवस्थामा देखिएको छ ।








