
लकडाउनको जोखिम उठाएर घर फर्केका नेपालीहरुले पाँच दिनपछि ओत पाउने भएका छन् । सरकारले उनीहरु रहिरहेकै दशगजा छेउमा टेन्ट लगाएर उनीहरुका लागि क्वारेन्टाइनको व्यवस्था गरेपछि ओत लाग्न पाएका हुन् ।

तीन दिनसम्म भातीय भूमिमा घर फर्कने आश गरेका झण्डै दुई सय जनालाई परसपुर नजिकै रहेको खाली चौरमा व्यवस्थापन गर्न लागिएको हो । उनीहरुका लागि विहीवार व्यवस्थित बसोवासको व्यवस्था मिलाइएको छ । भारत लकडाउन भइरहँदा पनि निर्वाध सिमासम्म आइपुगेपछि जमुनाहस्थित रेल्वेस्टेशनको बगैचामा आश्रीत उनीहरुलाई भारतीय सुरक्षाकर्मीले तेस्रो राती नेपाली भूमि ल्याएर छाडेको थियो ।
बुधवार बसेको दुई देशका सुरक्षा अधिकारीको संयुक्त बैठकले जो जहाँ छन्, त्यही राख्ने समझदारी गरेपछि सबै नेपालीलाई भारतीय भूमिमा क्वारेन्टाइनको योजना थियो । तर, आफुलाई जबर्जस्ती सीमा कटाएको सम्झिएका नेपालीले आफ्नै देशमा बस्ने भन्दै धर्ना दिएपछि एकीकृत जाँचचौकीका लागि अधिग्रहण गरिएको जमिनमा टेन्ट लगाइएको छ ।

क्वारेन्टाइन पुगेर फर्किका पत्रकार कृष्ण अधिकारीले भने, तीन दिन सम्म खुल्ला आकाशमा बिचल्ली पुर्ण अबस्थामा बस्न बाध्य पारिएका १ सय ८१ जना नेपालीहरुले भोकै प्यासै खुल्ला आकाशमा बसेर आन्दोलन नै गरेर दशगजाको किनारामा स्थापना गरिएको क्वारेन्टाइनमा बस्ने अधिकार प्राप्त गरेका छन । ढिलै भए पनि लज्जास्पद अबस्थाको अन्त्य भएको छ ।








