कालोबजारी गर्ने फन्दामा


४५९ मूल्य पर्ने सेनिटाइजर १५०० मा बेच्ने व्यापारी बर्दियामा पक्राउ परेका हुन्

भावुक योगी

सेनिटाइजर कोलोबजारी गर्ने एक जना मेडिकल संचालकलाई बर्दिया प्रहरीले पक्राउ गरेको छ । बासगढी नगरपालिकास्थित बुद्ध मेडिकल हलका संचालक बुद्धि चौधरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरिक्षक राजेशनाथ बास्तोलाले जानकारी दिनुभयो ।

विश्वव्यापीरुपमा फैलिरहेको कोरोना भाइरसको विषम परिस्थितीमा सेनिेटाइजर बजार मूल्य भन्दा अत्याधिक बढी मूल्यमा बेचेको पाइएकोले मेडिकल संचालकलाई प्रकाउ गरिएको प्रहरीले जनाएको छ ।

मेडिकल संचालक थारुले करिव ४ सय ५९ रुपैँया बजार मूल्य रहेको सेनेटाइजरलाई १ हजार ५ सय रुपैँयामा बिक्रि गरेर कालोबजारी गरेकाले उनलाई पक्राउ गरिएको प्रहरी उपरिक्षक बास्तोलाले बताउनुभयो । पक्राउ परेका थारु उपर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया