कोरोना कहर

शालिकराम सापकोटा

नेपाल सरकारको निर्णय बमोजिम लकडाउन शुरु भयो नेपाली जनताले अभुतपुर्व रुपमा लकडाउनको निर्णयलाई आत्मसात गरेर आफ्नो निवासमा बसेको अवस्था छ। अन्तरराष्टिय रूपमा हेर्दा पनि नेपाल सरकारको निर्णय स्वागतयोग्य कदम रहेको कतै छिपेको छैन। यो निर्णय नेपाली जनताको सुरक्षा र जिवनरक्षा सङ्ग जोडिएको हुँदा कार्यान्वयनको दृस्टीबाट सुरक्षाको नाममा जिवनरक्षानै नहुने हो कि भन्ने समस्या हरु देखिन थालेका छन। यी समस्याहरुको तत्काल निकाश खोजिनु पर्दछ।ती निकाशहरु निम्न हुन सक्छ्न।

सुझावहरु

  1. नेपाली नागरिक सीमापारी छन,भारत तिम्रो देश जाउ भन्छ,हामी सीमामा तगारो राखेर नेपालमा लकडाउन छ। सुरक्षाको र कोरोना सक्रमणको कारण प्रवेश निषेध गरिएको छ भनी नेपाल प्रवेश लाई बन्देज गरेका छौ।सीमापारीको दश गजामा, महाकाली पारी नेपाली जनताको नाराजुलुस रुवावाशी चलिरहेको छ।ज्याननै जोखिममा हालेर महाकाली नदिमा फाल हाली आफ्नो देश फर्कन चाहने हृदयबिदारक दृश्य हाम्रो आखा अगाडि नै देखेका छौ। सार्वभौमसत्ता सम्पन्न नेपाली जनताको यो पिडालाई नेपाल सरकारले तत्काल समाधान गर्नु पर्दछ। जस्तोसुकै रोग लागेको नेपाली जनता आफ्नो रास्ट्रमा, मार्तुभुमीमा आएर बस्न र मर्न पाउनु पर्दछ। नेपाल भ्रमणमा आएका बिदेशी पर्यटकहरुलाई जहाज बुक गरि आफ्नो देश झिकाएको अन्य देशहरुको उदाहरण बाट पनि हामीले सिक्न जरुरी छ।आफ्नो देश आउन नपाएर,आफ्नो डाडापाखा सम्झेर अरुको सीमा दशगजामा मर्न नपरोस।
  2. नेपाल आउन नपाएर सीमामा बसिरहेका र भारतिय शहरका विभिन्न सडक हरुमा नेपाल आउन पैदलमार्ग हिडिरहेका नेपाली जनताको अबिलम्ब उद्दार गर्नु,नेपाल प्रवेशको ग्यारेन्टी गर्नु,नेपाल प्रवेश पश्च्यात क्वारेन्टाइन गर्नु नेपालको रास्ट्र हित अनुकुल हुनेछ साथै नेपाली जनताले बनाएको नेपालको संविधान बमोजिम सम्पुर्ण नेपाली जनताको बाच्न पाउने अधिकार र स्वास्थको ग्यारेन्टी राज्यले गर्नुपर्दछ।भारतीय सीमामा,दशगजामा देखिएको नेपाली जनताको पिडालाई तत्काल समाधान गरौं।


2) किशानहरुले सडक र नदिहरुमा दुध पोखेको बडो नमिठो दृश्य आज देखिएको छ तर शहर बजारमा दुधको संकट बढदै गएको छ।यो सबै ब्यवस्थापनको हिसाबले सृजना भएको अवस्था हो।भोलि ताजा तरकारी सडकमा ल्याएर फाल्नु पर्ने अवस्था किसानहरुको आउनेवाला छ।ब्यवस्थापनमा जोड दिउ।दुध,तरकारी लगायतका किसान द्वारा उत्पादित कृषि जन्य पदार्थ सरकारले खरिद गरि उपभोक्ता सम्म पुर्याउने ब्यवस्थापनमा तत्काल जोड दिनु पर्ने देखियो।

3) निजी ब्यवसायिक अस्पतालहरु लाई समेत अनिवार्य रूपमा कोरोना सक्रमित बिरामीहरुको उपचारमा,क्वारेन्टाइन र आईसोलेसनको रूपमा प्रयोग गरि नेपाल रास्ट्रलाई सहयोग गर्ने अभियानमा सबै लाग्नु पर्ने देखियो।

4) कोरोन कोबिद 19 सक्रामक रोग भएको र अहिलेसम्म नेपालमा देखिएका रोगीहरु बिदेश बाट सक्रमित भएर आएको देखिएको हुँदा अन्तररास्ट्रीय बिमानस्थल र भारत बाट नेपाल प्रवेशको सिमानाका 2020 july सम्म नै बन्द गर्नुपर्ने देखिन्छ।यदि सिमानाका र बिमानस्थल खोल्ने नै हो भने आगन्तुक ब्यक्तिको हकमा सिमानाका प्रवेशद्वार र बिमानस्थलदेखि नै 14 दिने क्वारेन्टाइन गराएर मात्र आफ्नो बाशस्थान जान दिने ब्यवस्था गर्नुपर्ने देखियो।

5) जुनसुकै बिरामीलाई कोरोना लागेको भनी चेकजाच नगर्ने,बिरामीलाई छुदै नछुने,खतरनाक प्रवृती स्वास्थकर्मीहरुमा देखिन थालेको छ।सुरक्षीत PPE सरकारले उपलब्ध गराउदागराउदै बिरामी चेकजाँच नगर्ने स्वास्थकर्मी हरुलाई कारवाहीको दायरामा ल्याउनुपर्ने देखियो। (अधिवक्ता सापकोटा नेपाल बारका पुर्ब केन्द्रिय उपाध्यक्ष हुन् )

प्रतिक्रिया

प्रतिक्रिया