कोरोनाविरुद्धको राहत कोषमा रकम

राप्ती गणेश कन्स्टक्सनका सञ्चालक ओम नारायण शाहले एक लाख एक हजार रुपिया सहयोग राशी कोषका लागि हस्तान्तरण गर्दै

नेपालगन्ज उपमहानगरपालिकाले स्थापना गरेको विपद ब्यवस्थापन उद्धार कोषमा राहत संकलन जम्मा हुनेक्रम बढेको छ । सोमबार मात्रै राप्ती गणेश कन्स्टक्सनका सञ्चालक ओम नारायण शाहले एकलाख एकहजार रुपिया सहयोग गरेका छन् ।
शाहले नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा. धवलशम्शेर राणा, उपप्रमुख उमा थापा मगर, प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर खड्का र लेखा अधिकृत लोकेन्द्र रावतलाई सहयोगको चेक शाहले हस्तान्तरण गरेका हुन् ।
कोषमा नेपालगन्ज उपमहानगरपालिकाले ३० लाख रुपिया जम्मा गर्ने निर्णय गरिसकेको छ । कोषबाट कोरोना भाइरस भित्रिन नदिन पुर्व तयारी, क्वारेन्टाइन लगायत आवश्यक मेडिकल सामाग्रीको उपलब्धतासँगै समितिको निर्णयका आधारमा खर्च गरिनेछ । विपन्न समुदायका ब्यक्तिलाई सहयोग पनि गरिनेछ ।
नेपालगञ्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापा मगरले कोषमा रकम सहयोगका लागि उद्योग ब्यवसायी, सहकारी, संघ संस्था लगायत सहयोगदातामा अनुरोध गरिएको जानकारी दिइन् ।

प्रतिक्रिया

प्रतिक्रिया