तपाईंलाई कुनै शंका छ ? यी चिकित्सकलाई सोध्नुस् (फोन नम्बर)

यतिबेला तपाई पक्कै घरमैं हुनुहुन्छ भन्ने विश्वासका साथ यो सामाग्री तयार गरिंदैछ । अर्थात्, कोरोना कहरका कारण, कारक र उपचारबारे तपाईले धैरे सुनिरहनु भएको छ । सम्भवतः पहिलो पटक तपाई यति राम्रो अवसर पाउनु भएको छ की घरभित्रै परिवारका सदस्यसँग रमाउँदै हुनुहोला ।
तर, केही भइहाल्यो भने के गर्ने ? चिकित्सकहरुको छाता संस्था, नेपाल मेडिकल एशोसिएसनका भेरीका अध्यक्ष डा. विनोद कर्ण भन्छन्, भेरी अस्पताल, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्ज र कोहलपुर चिकित्सक सबै तपाईंको उपचारका लागि तयारी अवस्थामा छन् । यी तीन वटै अस्पतालमा फिभर क्लिनिक सञ्चालनमा छन् । बाँकेका तम्तयार अवस्थामा रहेका चिकित्सकहरुको सम्पर्क नम्बर (हेर्नेुस् तल) उपलब्ध गराउँदै अध्यक्ष डा. कर्ण भन्छन्, ज्वरो क्लिनिकमा हरेक समय रोष्टर अनुसारका मेडिकल अफिसर र विशेषज्ञ हुन्छन्, सम्पर्क गर्न सकिन्छ ।

यतिबेला सबैभन्दा राम्रो सुरक्षा घरमैं हुन्छ, भेरी अस्पतालका प्रमुख डा. प्रकाश थापा भन्छन्, तर तपाईंलाई कहै भैहाल्यो भने के गर्ने ? चिन्ता नलिनुस्, आवश्यक सबै उपचारका लागि हामी तयार छौं । भेरी अस्पतालका आपतकालिन र अस्पतालमैं रहेका विरामीको नियमित उपचार बाहेकका विरामी सबै घर फर्किएका छन् । आफुलाई कुनैपनि शंका लागेमा सरासर फिभर (ज्वरो) क्लिनिक आएर जँचाएर जान सक्नुहुन्छ, डा. थापाका अनुसार, त्यसक्रममा चिकित्सकले शंका लागेमा आइसोलेसन बेडमा राखिन्छ, आवश्यक चेकजाँच हुन्छ ।
डा. कर्णका अनुसार, नेपालगन्ज मेडिकल कलेजको शिक्षण अस्पताल नेपालगन्ज र कोहलपुरमा पनि आइसोलेसन अस्पतालका रुपमा शैयाको ब्यवस्था गरिएको छ । घरमै आइसोलेसन बस्न सकिने व्यवस्था छ भने आवश्यक औषधि दिएर पठाइन्छ, नेपालगन्ज मेडिकल कलेजको शिक्षण अस्पताल नेपालगन्जमा डा. कर्ण भन्छन्, नमुना परिक्षणको रिपोर्ट नआउन्जेल आइसोलेसनमा बस्न कडाइ गरिन्छ ।

तपाई ढुक्क भएर घरमै बस्नुस्, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा कार्यरत चिकित्सक, डा. देवेन्द्र आचार्य आफ्नो फेसबुक सञ्जालमा लेख्छन्, चिकित्सक तथा स्टाफ नर्स तथा स्क्युरिटी गार्डहरु दिनरात नभनी कोरोना विरुद्धको लडाइँमा लागिरहनुभएको छ । त्यति भइरहँदा पनि स्थानीय स्रोत साधनमै काम गरिरहेका विशेषज्ञ तथा चिकित्सकहरुलाई अतिआवश्यक पर्दामात्र सम्पर्क गर्न सकिने उपायका लागि सम्पर्क नम्बर तल उल्लेख गरिएको छ ।

Nepalgunj
Dr Prakash thapa 9858020419
Dr Badri chapagain 9851130245
Dr Rajan pandey9841895591
Dr Binod karn 9851049601
Dr Nitesh kanodiya 9858023834
Dr Roman kidwai 9858021068
Dr Asim kidwai 9858020989
Dr Kumar Pokhrel 9840060910

Kohalpur
Dr Dinesh shrestha 9841663962
Dr sumit Pandey 9841520395
Dr Debendra Acharya 9868923680

be safe saty at home … we are fighting against corona…


कोहलपुरमा फिवर क्याम्प: के भन्छन् चिकित्सक ? कोरोना सम्बाद

सबै तस्वीर: डा. देवेन्द्र आचार्य

प्रतिक्रिया

प्रतिक्रिया