बाकेमा क्वारेन्टाइनमा ३८ जना, मब क्याम्पसका १० लाई होटल सारियो

बाँकेमा कोरोना विरुद्ध सचेतना अपनाउँदै ३८ जनालाई क्वारेन्टाइनमा राखिएको छ । भारत र विदेशबाट आएकाहरुलाई निगरानीमा राख्नका लागि क्वारेन्टाइनमा राखिएको हो ।


बा“केको नेपालगन्जको महेन्द्र बहुमुखी क्याम्पसमा एक महिला सहित १० जना क्वारेन्टाइनमा रहेपनि उनीहरुलाई शुक्रबार स्थानीय एउटा होटलमा सारिएको छ ।

खजुरा गाउँपालिकाले मैटहवा माविमा सञ्चालन गरेको १ महिलासहित २८ जना गरी ३८ जना क्वारेन्टाइनमा राखिको छ । ऊनीहरु भारत र बिदेशबाट आएका हुन् । खजुरा गाउँपालिका–२ का अध्यक्ष देबिलाल खनालले उनीहरुको बसाइँ खान वाइफाइ समेत व्यवस्था गरेको बताए ।

प्रतिक्रिया

प्रतिक्रिया