नेपालगन्ज : कतै लखेट्दै, कतै सम्झाउँदै

लकडाउनको चौथो दिन आज शुक्रबार पनि नेपालगन्ज शान्त रह्यो । दैनिकजसो लकडाउनको पालना गर्नेको संख्या बढिरहेको छ । पालना गराउनका लागि प्रशासनले पनि चासो देखाएको छ ।

शुक्रबार विहान नै प्रहरीले घर बाहिर ननिस्कन भन्दै गस्ती बढाएको थियो । चोकचोकमा रहेका नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले कहाँ र किन जान लागेको भनेर सोधपुछ गरेर मात्र छाड्ने गरेको छ । अघिल्ला दिनहरुको तुलनामा चौथो दिन अनावश्यक हिडडुल गर्नेहरुलाई रोकिएको छ भने मानिसहरु आफै पनि सडकमा हिड्न कम गरेका छन् ।

घरमै बस्नु पट्यार लाग्दो हुन्छ । मानिसहरु साँझ पख आ–आफ्ना घरबाहिर र छतमा बसेको देखिन्थ्यो । साँझ सदा झै लकडाउन केही खुकुलो रह्यो । तर, अघिल्ला दिनहरु जस्तो भिडभाड भने बजारमा देखिएन । प्रहरीले भीड देखिएको ठाउँमा कतै सम्झाउने त कतै लखेट्ने गरेको थियो ।

प्रतिक्रिया

प्रतिक्रिया