नेपाल–भारत सीमा एक साता बन्द गर्ने निर्णय गरिएको छ ।
नेपाल–भारतका सुरक्षा अधिकारीहरुको आइतबार बसेको बैठकले एक साताका लागि सीमा बन्द गर्ने निर्णय गरेको हो ।
आइतबार भारतमा जनता कफ्र्यु लागेको छ । तर, पनि आइतबार बिहान नेपालगन्ज नाका भएर सयौं नेपाली नेपाल प्रवेश गरेका छन् ।
कोरोना विरुद्ध सजगता अपनाउँदै सीमा बन्द गर्ने निर्णय गरिएको हो ।
बैठकमा बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्का, बाँके प्रहरी प्रमुख वीरबहादुर ओली, सशस्त्र प्रहरी गुल्म ३० नम्बर गणका प्रहरी उपरीक्षक दीपक अधिकारी र भारत बहराईच जिल्ला अधिकारी शम्भु कुमार, बहराईचका एसपी बिपिन कुमार मिश्रा लगायतको उपस्थिति रहेको थियो ।
भारतको रुपैडिहामा भएको बैठकले एक साता सीमा पूर्ण रुपमा बन्द गरिएको हो । अत्यावश्यक मालसामान बोकेका यातायातका सामाग्री बाहेक अरु कसैलाई प्रवेश गर्न नदिइने भएको छ । बैठकले एकसाता पछि अवस्था हेरेर थप निर्णय लिने निर्णय पनि गरेको छ ।