सजल गैरे
नेपालगन्जमा रहेको होप इन्टरनेशनल एकेडेमीमा विद्यार्थी बालबालिकालाई पत्रकारिता तालिम दिइएको छ । होप, होप क्रियटिभ क्लब र होप फाउन्डेशन नेपालको संयुक्त आयोजनामा एक दिने बाल पत्रकारिताको बिषयमा अभिमुखिकरण आयोजना गरिएको हो ।
‘वालवालिकाका बिचारहरुलाई बाहिर ल्याउनको साथै बालबालिकाहरुमा भएको भावना र पत्रकारिता बिषयमा जानकारी तथा रुची बढाउनको लागि तालिम आयोजना गरेका हौं’, विद्यालयका संस्थापक निर्देशक सुरेश कुमार गौतमले भने, ‘बालबालिको बिचार र आफु भित्र भएको क्षमतालाई बाहिर ल्याउनको लागि महत्वपूर्ण योगदान गर्ने विश्वास लिएका छौं ।’ तालिममा एकेडेमीका कक्षा ३ देखि १२ सम्मका विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
विद्यालयका प्राचार्य केशवा रेग्मीले बालबालिकाको क्षमता विकासमा तालिमले सहयोग पुग्ने बताएकी थिइन् । कार्यक्रममा पत्रकारिता के हो ? पत्रकारिताको महत्व र बाल पत्रकारिताको विषयमा गोरखापत्रका उपसम्पादक प्रकृति अधिकारी, सामाजिक सञ्जालको प्रयोग, उपयोगिता र सुरक्षाको बिषयमा किरण ढकाल, महिला पत्रकारिता र लेखन कलाको बिषयमा पत्रकार महासघका केन्द्रीय सदस्य मधु शाही र युटुबको जानकारी, महत्व तथा सम्भावनाको बिषयमा कमल धमलाले सहजीकरण गरेका थिए ।
अभिमूखिकरण कार्यक्रम लगत्तै यस विद्यालयका गतिविधिहरुलाई होप भ्वाइस, भित्तेप्रत्रिका सञ्चारमाध्यमद्वारा प्रकाशन ल्याउनको लागि ४५ सदस्यीय प्रकाशन मण्डल गठन गरिएको छ । जसको अध्यक्ष सृजन खनाल, सह सम्पादक सिउ कुमारी बढई, उपसम्पादक दिपेन्द्र माझी, सचिवमा प्रतिक्षा बस्नेत, कोषाध्यक्षमा सम्झना शाही रहेका छन् ।
त्यस्तै प्रकाशन मण्डलको सदस्यहरुमा सपना सोनाहा अलंका श्रेष्ठ, लक्ष्य बस्नेत, सुहना गौतम, अर्पना आचार्य, टिना केसी, सक्सेस गौतम, तुफान शाही तिलक केसी, बिराज शाही, सागर रेग्मी, नवल मल्ल, भुवन धामी, सम्यक गैरे लगायत रहेका छन् ।