नेपालगन्जमा महाधिवेशनका लागि युनियनको सचिवालय

प्रेस युनियनको नवौं राष्ट्रिय महाधिवेशनका लागि बाँकेको नेपालगन्जमा सचिवालय सञ्चालनमा ल्याएको छ । यूनियनका अध्यक्ष बद्री सिग्देलले सचिवालय समुद्घाटन गर्दै महाधिवेशनको औपचारिक तयारी थालिएको जानकारी दिए ।


देशैभरीबाट युनियन सम्बद्ध दुई हजार बढी पत्रकार नेपालगन्जमा भेला हुने जानकारी दिंदै अध्यक्ष सिग्देलले यसलाई नेपालगन्जको साझा कार्यक्रमका रुपमा लिएर सबैले स्वागत गर्न आव्हान गरे । आगामी चैत्र २१ र २२ गते नेपालगन्जमा नवौं महाधिवेशनको टुंगो लागेको छ ।


महाधिवेशन स्टेरिङ कमिटिका संयोजक समेत रहेका उपमहासचिव प्रेम केसीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा महाधिवेशनका लागि आवश्यक तयारी समितिहरुबारे जानकारी दिइएको थियो । केसीका अनुसार, महाधिवेशन परिचालन (स्टेरिङ्ग) समितिको संयोजकमा प्रेम केसी, सदस्यहरुमा हेमन्त कर्माचार्य, विजय वर्मा, दिपा आले, जय सिंह केसी, हरिश भट्ट, अर्जुन वली, जयनारायण शाह, शुक्र ऋषि चौलागाईं, नरेन्द्र थापा, दामोदर भण्डारी, राकेश मिश्र, नवीन गिरी, चेतकान्त भट्टराई रहेका छन्, त्यसैगरी सदस्य सचिवमा श्रीराम सिग्देल रहेका छन् ।


त्यसैगरी स्टेरिङ्ग समितिका सदस्य संयोजक रहने गरि विभिन्न उपसमितिहरु गठन गरिएको छ । आर्थिक परिचालन तथा सचिवालय व्यवस्थापन समितिको संयोजकमा प्रेम केसी, आवास तथा भोजनमा श्रीराम सिग्देल, पर्यटन प्रवर्द्धनमा शुक्र ऋषि चौलागाईं, अनुगमन तथा मुल्यांकनमा हेमन्त कर्माचार्य, प्रकाशन तथा छापामा दामोदर भण्डारी, प्रचार प्रसारमा अर्जुन वली, सुरक्षा तथा समारोहमा जयनारायण शाह, अतिथि सत्कारमा जय सिंह केसी, झाँकी तथा सांस्कृतिकमा नरेन्द्र थापा, सामाजिक संघ संस्था तथा सम्मानमा नवीन गिरी र सरसफाइ तथा स्वास्थ्य व्यवस्थापन उपसमितिमा विमल चन्द संयोजक रहेको यूनियनले जनाएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया