यी हुन् समावेशीका उम्मेदवार

चुन्ना : व्यवसायी माझ लोकप्रिय, समाजिक एकताका प्रतिक

अब्दुल वाहिद मन्सुरी चुन्ना उद्योग, व्यवसायका निडर, इमानदार र असल नेता हुनुहुन्छ भने नेपालगन्जको विविधतायुक्त समाजका लागि अनुकरणीय व्यक्ति हुनुहुन्छ । हाम्रो राष्ट्रिय गानमा भनेझै ‘संयौ थुङ्गा फुलका हामी एउटै माला नेपाली’ को मर्मलाई आत्मसाथ गर्ने ठुलो सोंचका धनी चुन्ना यतिबेला तीन हजार बढि मतदाता रहेको नेपालगन्ज उद्योग वाणिज्य संघको यही माघ ११ गते हुने निर्वाचनमा समावेशी प्यानलको तर्फबाट अध्यक्ष पदका उम्मेदवार हुनुहुन्छ ।

बुवाको पद्चाप पछ्याउँदै चुन्ना नेपालगन्जमा बिस वर्षदेखि व्यवसायीक क्षेत्रमा सक्रिय हुनुहुन्छ । अजिज किराना स्टोरका प्रोपराईटर चुन्ना व्यवसायीक संगसंगै सामाजिक क्षेत्रमा समेत क्रियाशिल रहँदै आउनुभएको छ ।नेपालगन्ज उद्योग वाणिज्य संघमा २ कार्यकाल कार्यसमिति सदस्य, एक कार्यकाल उपाध्यक्ष र अहिले बरिष्ठ उपाध्यक्ष रहनुभएका चुन्ना नेपालगन्ज किराना तथा खाद्यन व्यवसायी संघको २०६३ सालदेखि हालसम्म नेतृत्वदायी भूमिकामा हुनुहुन्छ । त्यस्तै नेपाल बितरक महासंघमा पूर्व कार्यसमिति सदस्य, नेपालगन्ज बितरक संघमा सदस्य हुनुहुन्छ भने लायन्स क्लव सिद्धी बिनायकको पूर्व अध्यक्ष समेत भई बिभिन्न अनुभव सङ्गालेका प्रतिष्ठित, उर्जावान , जुझारु युवा व्यवसायी हुनुहुन्छ । बिशुद्ध व्यवसायीक क्षेत्रबाट उदय हुनुभएका सफल व्यवसायी चुन्नाले जुन क्षेत्रमा नेतृत्वदायी भूमिका खेल्नुभएको छ, ती संघ संस्थाहरु आज व्यवसायी माझ परिचित र स्थापित हुनुले पनि आगामी संघको निर्वाचनमा मतदाताले अत्याधिक मतले उहाँ र उहाँको प्यानललाई बिजयी बनाउने सुनिश्चित छ ।


नेपालगन्जको उद्योग व्यवसाय अहिले धरमरको अवस्थामा छ । अर्कोतर्फ सरकारले ल्याएका नयाँ नयाँ कर प्रणालीहरु अव्यवहारिक र झञ्झटिलो बन्दा उद्योगी, व्यवसायी मर्कामा परेका छन् । यस्तो परिस्थितीमा सिङ्गो बाँके र यहाँका उद्योगी, व्यवसायीले संघमा बलियो नेतृत्व खोजिरहेका छन् । जुनसुकै ठाउँमा निडर र निसंकोच मानेर व्यवसायीक हकहितका सवाललाई स्पष्ट राखेर समस्या समाधानको पहल गर्ने सशक्त उम्मेदवार हुनुहुन्छ ।

ज्ञानेन्द्र कुमार श्रेष्ठ ः संघलाई सशक्त बनाउने अग्रज

नेपालगन्ज उद्योग वाणिज्य संघलाई आजको अवस्थामा ल्याउनका लागि ज्ञानेन्द्र कुमार श्रेष्ठको भूमिका कसैले पनि नजरअन्दाज गरेको छैन । संघलाई प्रगति पथको उचाईमा ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुने श्रेष्ठ समावेशी प्यानलबाट आगामी निर्वाचनमा वाणिज्य तर्फ उपाध्यक्ष पदको उम्मेदवार रहनुभएको छ । व्यवसायीक र समाजिक क्षेत्रमा नेपालगन्जलाई उँहाले दिनुभएको योगदान हामी माझ छर्लङ्ग छ । संघको विकास निर्माणमा २०५३ सालदेखि ऐतिहासिक भूमिका निर्वाह गरी सफल सदस्य, कोषाध्यक्ष र अहिले सल्लाहकारका रुपमामहत्वपूर्ण भूमिका निर्वाह गर्नुहुने श्रेष्ठ प्रतिष्ठित समाजसेवी पनि हुनुहुन्छ ।
न्यूरोडस्थित भैरव बस्त्रालयका प्रोपराईटर श्रेष्ठ २०४९ सालदेखि हालसम्म व्यवसायीक क्षेत्रमा क्रियाशिल हुनुहुन्छ । उहाँले लायन्स क्लव नेपालगन्जको पूर्व अध्यक्ष, लायन्स क्लव इन्टरनेशनल ३२५ बि टुको डिष्ट्रिक सेक्रेटरीका रुपमा समेत सफलतापूर्वक कार्य सम्पन्न गरिसक्नुभएको छ ।
हालसम्म पनिश्रेष्ठ लायन्स क्लवका बिभिन्न तहमा रहेर काम गरिरहनुभएको छ । सामुदायीक प्रहरीको पूर्व अध्यक्ष, नेपालगन्ज कपडा व्यवसायी संघको पूर्व अध्यक्ष, नेपाल परिवार नियोजन संघको पुर्व कार्यसमिति सदस्य, नेवा पुँचको सल्लाहकार, लियो क्लव नेपालगन्जको संस्थापक, नेपाल रेडक्रस सोससाईटीघरवारीटी टोल शाखाको आजिवन सदस्य, लायन्स फाउण्डेशनको आजिवन सदस्यका रुपमा रहनुभएको छ । श्रेष्ठ बिभिन्न संघसंस्थाबाट कदरपत्र तथा पुरस्कृत व्यक्तित्व हुनुहुन्छ ।

आदेश अग्रवाल ः समाजसेवी परिवारका उदयमान व्यवसायी

आदेश कुमार अग्रवाल नेपालगन्जका उदयमान सफल व्यवसायी हुनुहुन्छ ।२०६७ सालदेखि नेपालगन्ज उद्योग वाणिज्य संघमा सक्रियतापूर्वक लाग्दै आउनुभएका अग्रवाल संघको कार्यसमितिमा सदस्य हुँदै अहिले कोषाध्यक्ष हुनुहुन्छ । उद्योगी, व्यवसायीका सुःख, दुःखका साथी अग्रवाललाई समावेशी प्यानलको तर्फबाट उद्योगक्षेत्रको उपाध्यक्ष पदमाअगाडी सारेका छौं । उहाँको यो उम्मेदवारीले नेपालगन्ज शहरको बिशेषता, विविधताको पनि बलियो प्रतिनिधित्व गरेको छ ।व्यवसायी क्षेत्रमा क्रियाशिल रहनुभएका अग्रवाल प्रतिष्ठित, उर्जावान , जुझारु युवा व्यवसायी हुनुहुन्छ । बिशुद्ध व्यवसायीक क्षेत्रबाट उदय हुनुभएका सफल व्यवसायीअग्रवालले पश्चिम नेपालमा मुद्रण क्षेत्रमा ठूलो परिवर्तन ल्याउन भूमिका खेल्नुभएको थियो । पश्चिम नेपालमै पहिलो पटक अत्याधुनिक प्रविधियुक्त छापाखाना भित्रा्उने अग्रवाल रामदुत प्रिन्टर्स, सोमानी टायल एण्ड सेनेटरी वेयरको प्रोपराईटर रहनुभएको छ । जुनसुकै ठाउँमा निडर र निसंकोच मानेर व्यवसायीक हकहितका सवाललाई स्पष्ट राखेर समस्या समाधानको पहल गर्ने सशक्त उम्मेदवार हुनुहुन्छ । उहाँ लियो क्लव, लायन्स क्लव अफ नेपालगन्ज बाँके एनएलफलको पूर्व अध्यक्ष, मुद्रण महासंघको आजिवन सदस्य रही उद्योग, व्यवसायसंगै सामाजिक कार्यमा सहभागि हुँदै आउनुभएको छ ।

टंक धामी ः संघर्षशिल र सशक्त व्यवसायीक नेता

टंक बहादुर धामी नेपालगन्जको उद्योग व्यवसायका क्षेत्रमा स्थापित नाम हो ।नेपालगन्ज उद्योग वाणिज्य संघको हाल कार्यसमिति सदस्य रहनुभएका धामीले उद्योग, व्यवसायीको क्षेत्रमा पुर्याएको योगदान उल्लेखनीय छ । व्यवसायी हकहितमा खरो रुपमा उत्रिने क्षमता भएका धामी यतिबेला चुन्ना नेतृत्वको समावेशी प्यानलको सदस्य पदको उम्मेदवार हुनुहुन्छ ।
व्यवसाय सम्हाल्नु पूर्व धामीले बिद्यार्थी राजनीति समेत गर्नुभयो ।बिभिन्न तहमा रही बिद्यार्थी राजनीति गर्नुभयो । काठमाण्डौमा अध्ययन पछि नेपालगञ्ज आएर धामीले २०६० सालबाट रेडिमेड ब्यापार सूरु गर्नुभयो । व्यवसायीक्षेत्रमा संर्घषशिल व्यक्तित्व धामी कमल ईन्टरप्राईजेज, शिद्धिबिनायक अर्डर एण्ड सप्लायर्स,मनिष ट्रेड लिँक, कमल गार्मेन्ट प्रा लि ,रामारोशन तयारी पोषाक प्रा लि चलाउदै आउनुभएको छ । व्यवसायी क्षेत्रमा कृष्ण प्रसाद श्रेष्ठ जस्लाई उनी मामा भनेर सम्बोधन गर्छन उनलाई कहिल्यै बिर्सिदैनन् । धामी सामाजिक क्षेत्रमा समेत उत्तिकै सक्रिय हुनुहुन्छ । रामारोशन सहकारी दर्ता गरी १० बर्ष पहिले लेखा समिती सयोजक त्यस पछि हाल सम्म रामारोशन बचत तथा ऋण सहकारी सस्थाको अध्यक्ष हुनुहुन्छ । अछामि सेवा समाजमा सल्लाहकार, लायन्स क्लब अफ नेपालगञ्ज सेन्ट्रलको २०१७ — २०१८ को अध्यक्ष, नेकपा उद्योग तथा वाणिज्य बिभाग सदस्य रहनुभएका धामीले भावी दिनहरुमा पनि यसरी सेवामै सर्मपित गर्ने प्रण लिनुभएको छ ।

श्याम सुन्दर अधिकारी ः मिलनसार सबैका प्रिय

नेपालगन्जको उद्योग व्यवसायका क्षेत्रमा श्याम सुन्दर अधिकारीको नामै काफी छ । सबैका प्रिय र मिलनसार स्वभावका अधिकारी अहिले नेपालगन्ज उद्योग वाणिज्य संघका र्कासमिति सदस्यका रुपमा उद्योगी, व्यवसायीको हितमा क्रियाशिल हुनुहुन्छ । व्यवसायीक हकहितका सवालमा उहाँँले कहिल्यै कुनै प्रकारको सम्झौता गर्नुहुँदैन । व्यवसायीक हितलाई सर्वोपरी ठान्ने अधिकारी एटुजेड किराना पसलका सन्चालन हुनुहुन्छ । २०५४ सालमा वडा सदस्य समेत भई जनताको सेवा गरिसक्नुभएका अधिकारी किराना तथा खाद्य व्यवसायी संघका महासचिव हुनुहुन्छ । खेलक्षेत्रमा समेत अभिरुची राख्नुहुने अधिकारीले नेपालगन्जमा फुटसल भित्रा्एर व्यवसायीकरुपमा खेल क्षेत्रमा प्रर्बद्धनमा टेवा पुर्याउन महत्वपूर्ण भूमिका व्यक्ति हुनुहुन्छ ।

अब्दुल वाहिद अन्सारी ः देशको विद्युतीकरणमा महत्वपूर्ण योगदान दिने व्यवसायी

ट्रान्सरफर उत्पादन मार्फत देशको बिद्युतीकरणमा महत्वपूर्ण योगदान दिनुहुने युवा उद्योगी हुनुहुन्छ अब्दुल वाहिद अन्सारी बब्लु । उद्योग, व्यवसायका क्षेत्रमा २०४८ सालदेखि सक्रिय अन्सारीको नेपालगन्ज औद्योगिक क्षेत्रमा रहेको हिमालयन इन्जिनियरिङ्ग वक्र्सले उत्पादन गर्ने ट्रान्सफरमर देशभर विक्री वितरण हुन्छ । उद्योग व्यवसायमा सदैव क्रियाशिल रहँदै आउनुभएका अन्सारी सबैका प्रिय र मृदुभाषी हुनुहुन्छ । सबैसंग सजिलै घुलमिल गर्ने स्वभावका अन्सारी औद्योगिक क्षेत्र उद्योग विकास संघ बाँकेको उपाध्यक्ष, नेपाल इलेक्ट्रीक एशोसिएसनको उपाध्यक्ष र लायन्स क्लव अफ नेपालगन्ज पिएनएफलको संस्थापक सदस्य समेत हुनुहुन्छ । अन्सारी सामाजिक क्षेत्रमा समेत उत्तिकै क्रियाशिल व्यवसायी हुनुहुन्छ ।

चिरञ्जीवी ओली ः

–असल शासनको अभियानता, पत्रकारिता हुँदै ‘टे«ड बिजनेश’ मा सफल रहनुभएका युवा व्यवसायी हुनुहुन्छ चिरञ्जीवी ओली । असल शासनको अभियानताका हुँदै ओलीले २०६० सालपछि रेडियो भेरी आवाजबाट सक्रिय पत्रकारिता सुरु गर्नुभयो ।उहाँले चलाउनुभएकोरेडियो बहस र सामाजिक उत्थानका कार्यक्रम उत्कृष्ट मानिन्थ्यो भने त्यसक्रममा थुप्रै स्रोता पनि कमाउनुभएको थियो ।

२०६६ सालपछि उहाँ व्यवसायीक क्षेत्रमा अग्रसर हुनुभयो ।इलेक्ट्रोनिक्स व्यवसायका क्षेत्रमा अब्बल ओली ओली टे«ड लिंकका प्रोपराईटर हुनुहुन्छ ।ओलीलेलगनशिल र इमानदार भएर आफ्नो पेशा व्यवसाय गर्दै आउनुभएको छ । यही कारणले उहाँको फर्म उत्कृष्ट बन्दै पटक पटक पुरस्कृत भएको छ ।

ओली व्यवसायी क्षेत्रमा यस्ता युवा नेताका रुपमा स्थापित हुनुहुन्छ जो निडर भएर व्यवसायीका पक्षमा जहाँ पनि बोल्ने सार्मथ्य राख्नुहुनछ । नेपालगञ्ज इलेक्ट्रोनिक्स एशोसिएसनको संस्थापक महासचिव हुँदै अहिले अध्यक्ष हुनुहुन्छ । भर्खरै स्थापना भएको उक्त एशोसिएसनलाई स्थापित गर्न उनले नेतृत्वदायी भूमिका निभाउनुभएको थियो । आज इलेक्ट्रोनिक्स एशोसिएसन छोटो समयै व्यवसायी माझ चिनिन सफल भएको छ । ओली नेपाल मोवाइल बितरक संघको केन्द्रीय उपाध्यक्ष समेत हुनुहुन्छ । ओली लायन्स क्लव अफ नेपालगन्ज युथको अध्यक्ष सहित बिभिन्न संघसंस्थामा रहेर सामाजिक कार्यक्रममा सक्रिय हुनुहुन्छ ।

जहाँगीर मुसलमान
जहाँगीर मुसलमान नेपालगन्जका चिरपरिचित इलेक्ट्रोनिक्स व्यवसायी हुनुहुन्छ । २५ वर्षदेखि व्यवसाय क्षेत्रमा लाग्नुभएका जहाँगीर टिभि हाउस न्यूरोड एलजी शोरुमका प्रोपराईटर हुनुहुन्छ । उहाँको शालिन र भद्र स्वभाव सबैका लागि उदाहरणीय र अनुकरणीय छ । युवा व्यवसायी जहाँगीर इलेक्ट्रोनिक्स एशोसिएसनको पूर्व उपाध्यक्षका रुपमा सक्रियतापूर्वक व्यवसायीको हकहितमा लाग्दै आउनुभएको छ ।सामाजिक संस्थामा रही दिनदुखीको सहयोग गर्ने जहाँगीर मुसलमानउद्योगी, व्यवसाय क्षेत्रका एकजना कर्मठ, जुझारु सशक्त नेता हुनुहुन्छ ।

भिमबहादुर रानाभाट
भिम बहादुर रानाभाट २०५० सालदेखि व्यवसायीक क्षेत्रमा निरन्तर सक्रिय व्यक्तित्व हुनुहुन्छ । कालिका इम्पोरियम घरवारीटोलका सन्चालक रानाभाट उद्योगी, व्यवसायी माझ परिचित नाम हो । उद्योग, व्यवसायसंगै साहित्य, खेल र सामाजिक क्षेत्रमा रुची राख्ने रानाभाट भेरी साहित्य समाजका साहित्यकार,लायन्स ब्लड बैंकको संस्थापक सदस्य, लायन्स क्लव न्यूरोडको संस्थापक सदस्य तथा पुर्व अध्यक्ष लायन्स क्लव डिष्ट्रिक ३२५ बि टु नेपालको जोन चियर पर्सन भई सामाजिक क्षेत्रमा क्रियाशिल हुनुहुन्छ । उहाँ जुमा स्पोर्टसका संस्थापक अध्यक्ष र तयारी कपडा ब्याग, जुक्ता चप्पल तथा खुद्रा व्यवसायी संघ नेपाल बाँकेको संस्थापक अध्यक्ष, नेपाल क्षयरोग निवारण संघको आजिवन सदस्य रहिसक्नुभएको छ । नेपाल राष्ट्रिय वाणिज्य संघका नगर अध्यक्ष समेत रहनुभएका भीम रानाभाटले जुमा स्पोर्टस क्लव मार्फत नेपालगन्जको खेलक्षेत्रलाई सशक्त मनाउन र उद्योगी, व्यवसायीलाई शारीरिक अभ्यासमा संलग्न गराउन महत्वपूर्ण भूमिका खेल्नुभएको छ ।

धर्मराज अर्याल
सबैका प्रिय, सहयोगी स्वभावका र सालिन व्यक्तित्व धर्मराज अर्याल नेपालगन्जको उद्योग, व्यवसायका क्षेत्र परिचित नाम हो । सहकर्मीलाई दुःख पर्दा रात दिन नभनी घरदैलोमा पुग्ने अत्यन्त दयालु र सामाजिक व्यक्तित्वका धनी अर्यालको सरल जिवनशैली तपाई हामी माझ अनुकरणीय छ ।

माण्डव्य फैन्सी स्टोर्सका सन्चालन रहनुभएका अर्याल २८ वर्षदेखि नेपालगन्जमा घरवारीटोलमा व्यवसाय गर्दै आउनुभएको छ । व्यवसाय मात्र नभई बिभिन्न संघ संस्थामा सक्रिय अर्याल नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्व कार्यसमिति सदस्य रहनुभएको छ । हरेक सामाजिक कार्यक्रममा अग्रसर हुने व्यवसायी धर्मराज अर्याल अग्रजलाई सम्मान गर्ने र नयाँ पुस्तालाई मायाप्रेम गर्ने हाम्रो सामाजिक मान्यताका प्रतिमुर्ती हुनुहुन्छ ।

हरिलाल न्यौपाने
उद्योग, व्यवसायका क्षेत्रमा मिलनसार, अत्यन्त भद्र व्यक्तित्वको छवि बनाउनुभएका हरिलाल न्यौपाने २० वर्षदेखि नेपालगन्ज व्यवसाय गर्दै आउनुभएको छ । उहाँको मन्द मुस्कान, मिठो बोली जस्तो छ व्यक्तित्व पनि त्यस्तै सरल र सहज छ । कसैको कुभलो नचिताउने र सहकर्मी भनेपछि जस्तोसुकै अफ्ठयारोमा पनि साथ दिने न्यौपाने हार्दिक स्टोरका नामले परिचित हुनुहुन्छ । फर्मको नाम झै हार्दिक व्यक्तित्वका धनी उहाँ

हार्दिक स्टोर र श्रीराम स्टोरका प्रोपराईटर हुनुहुन्छ । व्यवसायीक क्षेत्रमा सफल न्यौपाने मदिरा व्यवसायी संघका पूर्व अध्यक्ष हाल सल्लाहकार, नेपाल रेडक्रस सोसाईटीका आजिवन सदस्य, क्षयरोग निवारण संघका आजिवन सदस्य, लायन्स क्लव सिद्धी बिनायकका चाटर्ड लगायत बिभिन्न सामाजिक क्षेत्रमा लाग्दै आउनु भएको छ ।

मन्दिरा पाण्डे
उद्यमक्षेत्रमा महिलाको सहभागिता न्यून रहेका बेला मन्दिरा पाण्डे जस्ता उद्यमीहरु नेतृत्वदायी भूमिकामा आउनु हाम्रो समाजका लागि प्रेरणादायी कुरा हो । कयौं सामाजिक चुनौतीलाई छिचोल्दै पाण्डे उद्यम, व्यवसायका क्षेत्रमा मात्र नभई लायन्स क्लव बागेश्वरीको अध्यक्ष भई सामाजिक कार्यमा समेत निरन्तर अगाडी आउनुभएको छ । मिलनसार स्वभाव, सबैको प्रिय, दुःखमा नआत्तिने, सुःखमा नमात्तिने स्वभावकी पाण्डे पूर्व राष्ट्रिय खेलाडी समेत हुनुहुन्छ । २०५० सालदेखि व्यवसायीक क्षेत्रमा रहनुभएका पाण्डे त्रिवेणी पुस्तक सदनको सन्चालक पाण्डेनेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघ बाँकेमा रहेर सशक्त भूमिका निर्वाह गरिसक्नुभएको छ । अहिले बरिष्ठ उपाध्यक्ष पदमा रहनुभई उद्योग, व्यवसायीका क्षेत्रमा क्रियाशिल मन्दिरा पाण्डे उदयमान महिना नेतृका रुपमा स्थापित हुनुहुन्छ ।

राजेश कुमार बैश्य
राजेशकुमार बैश्य कपडा व्यवसायका क्षेत्रमा परिचित एवं सबैका प्रिय होनहार व्यवसायी हुनुहुन्छ । २० वर्षदेखि व्यवसायका क्षेत्रमा रहनुभएका बैश्य तनिषा इम्पोरियम, बिजय बस्त्रालय, सगुन इम्पोरियमको सन्चालक रहनुभएको छ । नेपालगन्जको प्रतिष्ठित कसौधन बैश्य समाज युवा मन्चका पूर्व कार्यवाहक अध्यक्ष रहि सक्नुभएका बैश्य नेपाल भारत मैत्री संघको सदस्यका साथै बिभिन्न सामाजिक संघसंस्थाका माध्यमबाट सामाजिक कार्यमा सक्रिय रहनुभएको छ । जुझारु,कर्मठ र सशक्त व्यवसायी राजेशकुमार बैश्यको मिलनसार स्वभावले सबैलाई प्रभावित गर्ने गरेको छ ।

सुनिलकुमार बनिया पप्पु पन्नी
नेपालगन्जमा कशौधन बैश्य समाज प्रतिष्ठित समुदायको रुपमा मानिन्छ । उद्योग, व्यवसाय मात्र होइन नेपालगन्जको सामाजिक जिवनमा अत्यन्त महत्व र गौरवपूर्ण इतिहास बोकेको कशौधन बैश्य समाजका अध्यक्ष सुनिलकुमार बनिया पप्पु पन्नीलाई समावेशी प्यानलले सदस्य पदको उम्मेदवारका रुपमा पाउँदा अत्यन्त हर्ष महसुस गरेको छ । कशौधन समाजको प्रतिनिधित्व गर्नुपर्ने बनिया लामो समयदेखि नेपालगन्जमा व्यवसाय गर्दै आउनुभएको छ । उहाँ शम्भु टे«डर्सका सन्चालक रहेका बनिया रामजानकी मन्दिर रानीतलाउका सचिव हुनुहुन्छ । उद्योगी, व्यवसायीका पक्षमा सदैव क्रियाशिल सुनिलकुमार बनिया पप्पु पन्नी सहयोगी, दयालु स्वभावका हुनुहुन्छ ।

बिजय भण्डारी बासु
हँसिलो अनुहार, नम्र भएर बोल्ने र उद्योगी, व्यवसायीका पक्षमा जस्तोसुकै अवस्थामा पनि साथ र सहयोग गर्ने युवा व्यवसायीका रुपमा परिचित हुनुहुन्छ । बिजय भण्डारी बासु ।मिलनसार व्यक्तित्वका धनी भण्डारी वर्षौदेखि उद्योगी, व्यवसायीका पक्षमा निरन्तर खटिदै आउनुभएको छ । माउण्ट एभरेष्ट बुक्स एण्ड स्पोर्टस प्रालिका अध्यक्ष रहनुभएका उहाँबिभिन्न सामाजिक संस्थामा रहेर सामाजिक कार्य गर्दै आउनुभएको छ भने नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ बाँकेका पूर्व महासचिव, लायन्स क्लव अफ नेपालगन्ज बाँके एनएलएफका अध्यक्ष, नेपाल भारत मैत्री संघको आजिवन सदस्य हुनुहुन्छ ।

भीमलाल कँडेल
भीमलाल कँडेल नेपालगन्जको होटल व्यवसायका क्षेत्रमा स्थापित नाम हो । १६ वर्षदेखि होटल व्यवसायमा लाग्दै आउनुभएका कँडेल होटल इन्द्रेणी एण्ड रेष्टुरेष्टका सन्चालक हुनुहुन्छ । उहाँले झण्डै आठ सयसदस्य रहेको होटल व्यवसायी संघ बाँकेको सदस्य, महासचिव हुँदै अहिले अध्यक्षका रुपमा नेतृत्वदायी भूमिका निर्वाह गरिरहनुभएको छ । संघको अध्यक्ष भए पश्चात उहाँले बाँकेका उद्योगी, व्यवसायीका समस्या पहिचान गरी त्यसको समाधानका लागि निरन्तर पहलकद्मी लिदै आउनुभएको छ ।


कँडेलकै अगुवाईमा बाँकेका उद्योगी, व्यवसायीका समस्या र त्यसको समाधानका उपाय पहिचान गर्ने गरी १५ बुँदे अवधारणा पत्र सार्वजनिक गरिएको छ । उद्योगी, व्यवसायीलाई प्रत्यक्ष फाईदा पुग्ने उदेश्य राखेर ल्याइएको अवधारणापत्र अहिले कार्यान्वयनको चरणमा छ भने त्यसका लागि कँडेल दिनरात नभनी खटिनुभएको छ । जिल्लास्तरीय पर्यटन प्रर्बद्धन समिति बाँकेको सचिवालय सदस्य रहनुभएका कँडेलले पर्यटन व्यवसाय प्रर्बद्धनमा महत्वपूर्ण योगदान दिनुभएको छ । होटल व्यवसायी संघमा सफल नेतृत्व गरिरहनुभएका कँडेलको जुझारुपन यहाँका उद्योगी, व्यवसायीका लागि प्रेरणा बन्न सक्छ । कँडेल होटल व्यवसायी महासंघ प्रदेश नंं ५ को सल्लाहकार समेत रहनुभएको छ । जिल्लाका उद्योगी, व्यवसायीको हकहितका लागि निरन्तर खटिने जुझारु व्यक्तित्व भिमलाल कँडेल समावेशी प्यानलको तर्फबाट नेपालगन्ज उद्योग वाणिज्य संघको आगामी निर्वाचनमा सम्बद्ध (बस्तुतग)सदस्य पदको उम्मेदवार हुनुहुन्छ । सो निर्वाचनमा बिष्ट सहित उहाँको प्यानललाई अत्याधिक मतले बिजयी बनाउन आह्वान गर्दछौं ।

सिद्धान्तजङ्ग राणा सिद्धु
पश्चिम नेपालमा टेन्ट व्यवसाय भित्रा्उने श्रेय जान्छ सिद्धान्तजङ्ग राणालाई । सिद्धु उपनामले उद्योगी, व्यवसायी र सहकर्मी माझ परिचित राणा व्यवसायीक क्षेत्रमा सक्रिय भएको दुई दशक बितेको छ । २०५४ सालदेखि माँ बागेश्वरी टेन्ट हाउस सन्चालन गर्दै आउनुभएका राणा मृदुभाषी, मिलनसार र सहयोगी स्वभावका हुनुहुन्छ । टेन्ट व्यवसायी संघ बाँके स्थापना गरी टेन्ट व्यवसायीलाई संगठित गरी व्यवसायीक हकहितको वकालत गर्दै आउनुभएका उहाँ अहिले उक्त संघको अध्यक्ष हुनुहुन्छ । व्यवसायीक क्षेत्रका लागि आवश्यक जुझारु, मेहेनती र इमानदार व्यक्तित्वका धनी राणा नेपालगन्ज उद्योग वाणिज्य संघको आगामी माघ ११ गते हुने निर्वाचनमा संस्थागत (बस्तुगत) तर्फको सदस्य पदका उम्मेदवार रहनुभएको छ ।

सुवास बिक्रम जिसी
नेपालगन्जको व्यवसायीक क्षेत्रमा २८ वर्षदेखि क्रियाशिल रहनुभएका सुवास बिक्रम जिसी एउटा सफल, मिलनसार र लगनशिल उद्योगी, व्यवसायी हुनुहुन्छ । २०६१ सालमा पुष्पलालचोकमा बागेश्वरी कलर ल्याव सन्चालनमा ल्याई नेपालगन्जको व्यवसायीक क्षेत्रमा प्रवेश गर्नुभएका जिसीले इलेक्ट्रीक केवल एण्ड वायर उद्योग समेत सन्चालनमा ल्याउनुभयो । जिसी इलेक्ट्रीक सामाग्रीको आयात र नेपालमा पहिलो पटक आल्मुनियम फाईल कन्टेनरको उत्पादन गर्ने उद्योगी समेत हुनुहुन्छ । आल्मुनियम फाईल कन्टेनरका लागि बिदेशमै निर्भर रहनुपर्ने अवस्थाको अन्त्य गर्न उहाँको उद्योगले महत्वपूर्ण भूमिका खेलेको छ । नेपाल विद्युत उत्पादकको केन्द्रीय सदस्य भइसक्नुभएका जिसी लायन्स क्लव अफ नेपालगन्ज टाउनका पूर्व अध्यक्ष भई सामाजिक क्षेत्रमा समेत क्रियाशिल रहनुभएको छ ।
एसएस मेनुफैक्चरिङ्ग इण्डष्ट्रिज प्रालि, श्रीना बिजनेश कन्र्सन प्रालि, एसएस इम्पेक्स प्रालि, मनसुन इलेक्ट्रिक टे«ड एण्ड सप्लायर्सका सन्चालक जिसी समावेशी प्यानलको तर्फबाट नेपालगन्ज उद्योग वाणिज्य संघको आगामी निर्वाचनमा एशोसिएट पदको उम्मेदवार हुनुहुन्छ । सो निर्वाचनमा बिष्ट सहित उहाँको प्यानललाई अत्याधिक मतले बिजयी बनाउन आह्वान गर्दछौं ।

दिपेन्द्र बिष्ट
दिपेन्द्र बिष्ट नेपालगन्जका सफल युवा व्यवसायी हुनुहुन्छ । टेलिकम्युनिकेशन र इलेक्ट्रोनिक्सको व्यापारमा आफुलाई नेपालभर सर्वोत्कृष्ट बनाउन सफल बिष्ट नेपाल टेलिकम्युनिकेशन डिलर एशोसिएसनको केन्द्रीय अध्यक्ष हुनुहुन्छ । सुमेरु इन्टरप्राईजेज प्रालि, ग्यालेक्सी इन्टरनेशल टे«ड सेन्टर प्रालि, देव प्रिया इन्टरनेशनल प्रालि, सुमुका इन्टरनेशनल प्रालिका अध्यक्ष बिष्टको व्यवसायीक क्षमता अनुकरणीय र उदाहरणीय छ ।

व्यवसायीको क्षेत्र मात्र होइन सामाजिक सेवामा समेत उत्तिकै सक्रिय बिष्ट लायन्स क्लव अफ नेपालगन्ज युथ, निलसागर बृद्धाश्रमको आजिवन सदस्य, बिभिन्न सहकारी संस्थामा समेत हुनुहुन्छ र सामाजिक सेवामा सदैव क्रियाशिल हुँदै आउनुभएको छ ।

व्यवसायीक हकहितका मुद्दामा कुनै डर, संकोच नमानेर स्पष्टरुपमा सरोकारवाला निकाय माझ राख्ने क्षमताका बिष्टसमावेशी प्यानलको तर्फबाट नेपालगन्ज उद्योग वाणिज्य संघको आगामी निर्वाचनमा एशोसिएट पदको उम्मेदवार हुनुहुन्छ । सो निर्वाचनमा बिष्ट सहितउहाँको प्यानललाई अत्याधिक मतले बिजयी बनाउन आह्वान गर्दछौं ।

प्रतिक्रिया

प्रतिक्रिया