वसन्त गौतम
सिमा पारीको भारतीय रुपैडिया बजार दिनभरि भिडभाड । वारीको नेपालगन्ज बजार सुनसार जस्तै । कारण खोज्दै जादा धेरैले भन्छन्, ‘रुपैडिया बजार सस्तो छ । मुल्य फिक्स छ । भनेको सामान छानी छानी किन्न पाइन्छ ।’
दैनिक उपभोग्य खाद्यबस्तु, मालसामान खरिदारीका लागी बाँके, बर्दियाबाट मात्र होइन प्रदेश ५ का दाङ, रोल्पा, प्यूठान देखि ६ न प्रदेशका दुर्गम पहाडी जिल्ला सुर्खेत, दैलेख देखि सल्यान, रुकुम सम्मका नेपाली उपभोक्ताहरु भारतको रुपैडिया देखि लखनउसम्म पुग्ने गरेको पाइन्छ ।
दाल, चामल, चिनी जस्ता खाद्य बस्तुहरु तुलनात्मक रुपमा नेपालगंजमा भन्दा रुपैडियाको बजारमा केही सस्तो लागे पनि बस्तुको गुणस्तर र नापतौलका बारेमा कमै उपभोक्ताले ध्यान दिने गरेको पाइन्छ । सस्तोको लोभमा पर्दा कतिपय नेपाली उपभोक्ताहरु एकातिर मिसावटयुक्त सामानमा ठगिएका हुन्छन् भने कतिपय बिक्रेताले एक केजीमा झण्डै सय ग्रामसम्म कम तौलमा सामान बिक्री गरि नेपाली उपभोक्ता ठग्ने गरेको पनि पाईएको छ ।
आखिर किन जान्छन् त नेपाली उपभोक्ताहरु भारतिय बजार ? झट्ट भन्दा धेरैले ‘सस्तोमा सामान पाइने’ भन्ने जवाफ दिए पनि कारण अरु पनि रहेका छन् । नेपाली ब्यापारीको रुखो र अब्यसायिक ब्यवहारलाई पनि लिने गर्दछन् उपभोक्ताहरु । ग्राहकको चाहाना अनुसार सामान देखाउन पनि अल्छी मान्ने, झर्कने र राम्रो ब्यवहार नहुनु पनि एउटा कारण रहेको कतिपय उपभोक्ताहरुको गुनासो रहने गरेको छ । भारतीय ब्यापारीहरु एउटा सामान माग्दा अनेक थरि सामान देखाई नकिन्ने मनसाय भएका ग्राहकलाई पनि किन्ने बनाउने गराउँछन् । राम्रो र गुणस्तरीय भन्दै ग्राहकलाई कन्भिन्स गर्नमा नेपाली ब्यापारी भन्दा भारतीय ब्यापारिहरु अलि बढी नै खप्पिस देखिन्छन् ।
नेपाली उपभोक्ताको भारतिय बजारको रोजाई किन ?
माथी उल्लेख गरे जस्तै निम्न कारणले नेपाली उपभोक्ताहरु भारतीय बजार रोज्ने गरेको पाइएको छ ।
मुल्यमा फराकिलो अन्तर
नेपाली ब्यापारिहरुले भारतिय बजार मुल्यलाई मध्यनजर राखी बस्तु तथा सेवाहरुको मूल्य निर्धारण गर्न नसक्दा नेपाली उपभोक्ताहरु सस्तोको भ्रममा परि भारत तर्फ लाग्ने गरेको पाइन्छ । दाल, चिनी, चामल जस्ता दैनिक उपभोग्य बस्तुमा भारत र नेपालगन्जको बजारको मुल्य अन्तर फराकिलो देखिन्छ । यसमा नेपाली उपभोक्तालाई भारतीय बजार जानबाट रोक्नका लागि कम मारजिन राखेर नेपाली ब्यापारीहरुले त्यस्ता बस्तुहरुको बिक्री वितरण गरेमा नेपाली उपभोक्तालाई भारत जानबाट रोक्न सकिन्छ ।
उपभोक्ता सचेतनामा ध्यान नदिनु ः गुणस्तरिय बस्तु तथा सेवा प्राप्त गर्ने उपभोक्ताको अधिकार हो । उपभोक्ताकोे बस्तु तथा सेवा छनौटको अधिकार छ भन्ने बारेमा अहिले पनि सबै उपभोक्ता सचेत भै सकेका पाइदैन । अझ सस्तोका नाममा भारतिय बजारमा दौडिने प्रवृत्तिले नेपाली उपभोक्ताहरु कतिपय अवस्थामा कमसल र गुणस्तरहिन सामानमा ठगिने गरेको भए पनि यो कुरामा उनीहरु सचेत भएको पाईदैन । नेपाली ब्यापारिहरुले खाली उपभोक्ता भारतीय बजार गए भनेर गुनासो गर्ने मात्रै होइन कि, नेपाली उपभोक्ताहरु भारतीय बजार किन गए ? के गर्न सकेमा नेपाली उपभोक्तालाई नेपालमै रोक्न सकिन्छ ? गुणस्तरिय बस्तु र सेवा कसरी दिन सकिन्छ भन्ने बारेमा ध्यान पु¥याएको पाइदैन ।
कतिपय सामानहरु भारतमा भन्दा नेपालमै सस्तो पाइने भएता पनि भ्रमवश नेपाली उपभोक्ताहरु भारतमै पुग्ने गरेको पाइन्छ । लिभर लगायतका कतिय बहुराष्ट्रिय कम्पनीका सामान नेपालमै उचित मुल्यमा पाइन्छन् । प्लाष्टिक, स्टीलका सामान, मसला लगायतका सामानहरु भारतमा भन्दा नेपालमै गुणस्तरीय पाइन्छ । त्यस्तै भारतिय उत्पादन बाहेक तेश्रो मुलकबाट आयातित सामानहरु पनि भारतमा भन्दा नेपालमा सस्तो पाइन्छ । सबै सामान सस्तोमा पाइन्छ भन्ने भ्रममा परि नेपाली उपभोक्ताले भारतिय बजार रोज्ने कुरालाई अव अन्त्य गर्न जरुरी छ । यसका लागी उपभोक्ता शिक्षा र सचेतनामा जोड दिने र वास्तविकता बुझाउन नेपाली ब्यापारीले सक्रियता बढाउन पनि उत्तिकै जरुरी छ ।
सस्तोका लागी नेपाली उपभोक्ताहरु भारतिय बजार जादै गर्दा उपभोक्ताले त्यहाँ जाँदा लाग्ने यातायात भाडा, बाटामा चेकजाँचका नाममा भोग्नु पर्ने हैरानी र लाग्ने समयको बारेमा ध्यान दिएको पाईदैन । सस्तोको नाममा थोरै सामान किन्न जाँदा पनि भारतिय रुपैडिया बजार रोज्ने नेपाली उपभोक्ताहरु भाडा र ब्यतित भएको समयको मुल्यको हिसाव गर्ने हो भने त्यस्ता नेपाली उपभोक्तालाई नाफा भन्दा घाटा नै बढी हुने कुरा बुझ्न जरुरी छ ।
गुणस्तरिय बस्तु तथा सेवा प्रदानमा ध्यान नपुग्नु ः नेपाली ब्यापारीहरुले गुणस्तरिय बस्तु तथा सेवा बिक्रि बितरण गर्नमा आवश्यक मात्रामा ध्यान पु¥याएको पाइदैन । मुनाफाको नाममा जथाभावी कमसल खालका सामानहरु बिक्रि बितरण गर्ने, गुणस्तरियतामा ध्यान नदिने गरेका कारणले पनि भारतिय बजार तिरै दौडिने गरेको पाइएको छ । आफनो सेवालाई गुणस्तरिय र ब्यवस्थित बनाउन र उपभोक्ताको अधिकार र स्वास्थ्यमा पनि ध्यान दिएर ब्यापार ब्यवसाय गर्न सकेको खण्डमा नेपालगन्ज बजारको प्रवद्र्धनमा मद्दत पुग्न सक्दछ ।
ब्यवसायिक आचरण र अनुगमन ः
उद्योगी ब्यवसायीहरुको उद्योग ब्यापार संघ भनेको गलत कुराको ढाकछोप गर्ने र गैर कानूनी काम कारवाही गर्नेलाई संरक्षण गर्ने सस्था होइन । त्यस्तो संघले त ब्यवसायिक हक हितका साथै आफ्नो संगठन भित्र रहेका गलत क्रियाकलापहरुको सुधार गरि सबैलाई ब्यवसाहिक आचरण पालना गर्न लगाउनु पनि हो । यस सन्दर्भमा नेपालगन्ज उद्योग ब्यापार संघ लगायतका उद्योगी, ब्यापारीका ब्यवसायिक संघ संगठनहरुले आफ्नो संघ संगठनमा आवद्ध आफ्ना ब्यवशायीहरुबाट उपभोक्ता माझ के कस्तो बस्तु तथा सेवा प्रदान भैरहेको छ भन्ने बारेमा बेला बखत अनुगमन गर्ने, ब्यवसायिक आचरण पालन नगर्नेलाई गर्न लगाउने र उनीहरुको ब्यवसायिक दक्षता अभिबृद्धिका कार्यक्रमहरु सञ्चालन गर्न सकेका नेपाली ब्यापार प्रवद्र्धनमा निश्चय नै मद्दत मिल्ने छ ।
उल्लेखित कुराहरुलाई मध्यनजर राख्दै नेपाली उद्योगी र ब्यवसायीहरुले आफुमा रहेका कमी कमजारीको सुधार गर्दै आम उपभोक्ताको मनोभावना बुझि गुणस्तरिय बस्तु तथा सेवा प्रवाहमा ध्यान दिन सकेको खण्डमा सस्तोको भ्रममा नेपाली उपभोक्ताहरु भारत तर्फ दौडिने प्रबृत्ती कम भै नेपाली बजारको प्रवद्र्धनमा मद्दत पुग्न जान्छ । यसै गरि नेपाली उपभोक्ताहरुले पनि अरुको लहै लहैमा लागि सस्तोको नाममा भारतीय बजार धाउने प्रवृत्तिको पनि अन्त्य गर्नु पर्दछ । वास्तविकता बुझ्ने प्रयत्न गर्ने, केहि गलत कुरा भए सुधारमा लाग्नु पर्दछ । उपभोक्ता शिक्षा र उपभोक्ता अधिकारमा सबैले ध्यान दिनै पर्दछ । नेपाली उपभोत्ताले सिमा पारि होइन सिमा वारीको बजार नै रोजी नेपाली बजारलाई प्रवद्र्धनमा सघाउ पु¥याउनु पर्दछ ।
नेपालगन्ज सहर मध्य पश्चिमको प्रवेशद्धार मात्रै होइन । यो औद्योगिक नगरि पनि हो । ब्यापारिक दृष्टिकोणले यहाँ थुप्रै कलकारखाना र ब्यवसायहरु सञ्चालित छन् । तर यसको उचित प्रवद्र्धन र बजार बिस्तार हुन सकिरहेको छैन । गुणस्तरिय बस्तु तथा सेवाको उत्पादन नेपालमै भएर पनि नेपाली उपभोक्ताले सस्तोका नाममा भारतिय उत्पादनको ज्यादा नै प्रयोग गर्ने प्रवृत्तिमा अव सुधार ल्याउनु पर्दछ । नया नेतृत्वको चयन गर्दै गरको नेपालगज उद्योग बाणिज्य सघले रणनीति नै बनाएर नेपाली उपभोक्तालाई नेपालमै खरिदारी गर्ने बतावरण मिलाई गुणस्तर बस्तु तथा सेवा प्रवाहमा काम गर्न जरुरी छ । भन्सार छलि, अबैध रुपमा भारतीय सामानहरु नेपाल भित्राइनाले नेपाली बजारलाई गंभिर असर परिरहेको छ । अतः नेपालगन्जको समृद्धि, बिकाश.र ब्यापार प्रबद्र्धनका लागि सरकारी तबरबाट नेपाली उत्पादनलाई टेवा दिने खालका कार्यक्रमहरु संचालन हुन जरुरी छ ।
राजधानीको माग गरेको नेपालगन्जलाई कम्तमिा औद्योगिक नगरिको रुपमा बिकाश गरि यहाँका उद्योग, कल कारखानाको बिस्तार गरि नेपालगन्जलाई ५ नं प्रदेशका साथै ६ र ७ नं प्रदेश समेतको ब्यापारिक हवको रुपमा बिकास गर्न पट्टि सबै लाग्नु पर्दछ । प्रसिद्ध बागेश्वरी मन्दिर लगायतका मठ, मन्दिर र धार्मिक स्थलहरु रहेको नेपालगन्जलाई औद्योगिक, धार्मिक, पर्यटकिय र ब्यापारिक केन्द्रको रुपमा बिकास गर्न सकिने प्रसस्त संभावना भएकाले यस तर्फ सम्बद्धहरुको ध्यान पुग्न जरुरी छ । (लेखक गौतम उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रीय सदस्य हुन् ।)