कल्पना शर्मा
नेपाल भ्रमण वर्ष २०२० को शुभारम्भमा सर्व प्रथम हृदय देखि स्वागत गर्न चाहन्छु । नेपाल सरकारले निकै महत्वका साथ नेपाल भ्रमण वर्ष २०२० सफल पार्न कार्यक्रमहरु संचालन गरेको छ । विगतका वर्षहरुमा नेपालमा आउने पर्यटकहरुको संख्या दश लाख सम्म रहेको छ भने २०२० को भ्रमण वर्षका नेपाल सरकारले यसको दोब्बर बिस लाख पर्यटक भित्राउने लक्ष्य राखेको छ । यो निकै महत्वको चुनौतीपूर्ण लक्ष्य हो ।
नेपाल सरकारले यसलाई सफल पार्न अन्र्तराष्ट्रिय कुनैतिक र राजनैतिक पहल गरी रहेको छ । संसारका शक्तिशाली व्यक्तिहरुलाई नेपाल भ्रमणका लागि पहल गरि राको छ । जसले अन्र्तराष्ट्रिय रुपमा प्रचार र प्रभाव पार्ने काम गर्छ । भ्रमण वर्षको तयारी कै क्रममा छिमेकी मित्र राष्ट्र चिनका महामहिम राष्ट्रपति सी गीङ पिङ ले नेपाल भ्रमण गर्नु भएको छ । वहाँले जाँदा जाँदै भन्नु भयो । नेपाल देश सुन्दर छ र नेपाली जनताको आत्मियता एंव सदभाव निकै मन छुने छ । यसले विश्वभरीका मानिस र विशेष गरी चिनका जनतालाई नेपाल आउन महत्वपूर्ण प्रभाव पारेको छ । नेपाल सरकारले अझै अमेरिका, रुस, चीन लगाएतका राष्ट्र प्रमुखहरुलाई भ्रमणको पहल गरी रहेको छ । प्रत्येक प्रदेश सरकारले सचिवालय निर्माण गरी सबै स्थानिय तहहरुलाई समन्वय गर्ने देखि पर्यटन स्थलको प्याकेज तयार गरेको छन ।
हाम्रो ५ नं. प्रदेश सरकारले पनि केन्द्र सरकारले छनोट गरेका पर्यटकीय स्थल सहित ५१ वटा प्रदेश गन्यब्य छनोट गरी प्याकेज तयार गरेको छ । प्रदेशमा सचिवालय तयार पारी १२ वटा जिल्ला र एक सय नौ स्थानिय तहहरुलाई समन्वय गर्न कार्यक्रम तयार पारीएको छ । भ्रमण वर्ष २०२० लाई सफल पार्न ५ नं. प्रदेशले बर्दिया जिल्लालाई केन्द्र बिन्दु मान्दै बर्दियाबाट शुरुवाल गर्ने घोषणा गरेको छ । यो बाँके जिल्लाका निम्ति निकै महत्वपूर्ण निर्णय हो । मुलुकका अधिकाश स्थानबाट बर्दिया आउँदा बाँकेको भूमिबाट प्रवेश हुन्छ । ५ नं. प्रदेशको दृष्टि कोणबाट हेरियो भने भ्रमण वर्ष २०२० को केन्द्र बिन्दु बर्दिया जाने प्रमुखद्वार बाँके जिल्ला नै हो ।
बर्दियाका भ्रमण वर्ष २०२० को प्याकेज तयार पारिएको छ । बर्दिया जंगल सफारी सहित बाघ, हात्ती र कृष्णसारलाई नजिकबाट निहाल्न पाइने छ । साँस्कृतिक कार्यक्रम सहितको होमस्टे व्यवस्थापन र कर्णालीमा यत्रपिङको विशेष प्याकेज छ । प्रदेश सरकारले भ्रमण वर्षको नारा “घुम्न जाउ बर्दिया” तय गरेको छ । घुम्न बर्दिया जाने बाहियका आन्तरिक पर्यटकहरु प्राय बाँकेको बाटो भएर जानेछन । त्यसैले बाँके जिल्ला पर्यटकीय केन्द्र बिन्दुको मुख्य द्वार त बन्यो नै तर बाँके बासीहरुले मुख्य द्धारको अवसर र फाइदा लि सक्छन वा सक्दैनन । यो बाँके बासी जनता र बाँकेका स्थानिय दलहरुको चुनौतिको विषय हो ।
बाँके जिल्लामा केन्द्र सरकार र प्रदेश सरकारले पर्यटकीय स्थलको गन्तव्यमा बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी र बागेश्वरी मन्दिर दर्शनलाई सुचीकृत गरेको छ । यसको आकर्षक प्रचार प्रसार उचित व्यवस्थापन र बर्दिया यही बाटो जाउँ भनि विशेष भ्रमण प्याकेज बनाई प्रवेशद्वारका पाहुनाहरुलाई स्वागत र रेष्ट गर्न व्यवस्था स्थानिय तहहरु र जिल्ला समन्वय समितिले उचित पहल गर्न पर्छ । बाँके बासीले पनि जनस्तरबाट गर्न पर्दछ तब भने बाँकेको लागि बेल पाक्यो, कागलाई हर्ष नबिहर्ष नहवस भ्रमण वर्ष २०२० लाई मन देखि सफल पारौ जसले समृद्धिको ढोका खोलोस शुभकामना ।








