नेपालगन्जमा अत्याधिक चिसो, प्रभावितलाई जोगाउन ज्ञापन

केही दिनदेखि शुरु भएको शितलहर तथा चिसोले बाँके जिल्लाको जनजिवन प्रभावित बनेको छ । चिसोले बालबालिका, जेष्ठ नागरिक, असहाय, तथा अशक्त, विद्यार्थी, मजदुर बढी प्रभावित भएका छन ।


चसोबाट जिल्लाको जनजिवन प्रभावित भएपछि नागरिक समाजको दायित्व भन्दै सरोकारवाला निकायको ध्यानाकर्षण गराइएको छ । चिसोबाट बच्न तथा जिवन रक्षाका लागि बाँकेका नागरिक समाजहरुको एक समुहले आज शुक्रबार स्थानीय प्रशासन तथा विपत समितिको ध्यानाकर्षण गराएका हुन ।

सूचना र मानवअधिकार अनुसन्धान केन्द्र नेपालगन्जका अध्यक्ष विश्वजीत तिवारीको नेतृत्वमा गएको नागरिक समाजको टोलीले बाँकेको प्रमुख जिल्ला अधिकारी तथा जिल्ला विपत व्यवस्थापन समितिका संयोजक कुमार बहादुर खडकालाई व्यवस्थापनका लागि ज्ञापन पत्र बुझाएको छ ।


सामाजिक तथा मानवीय सेवामा कार्यरत संघ संस्था र स्थानीय प्रशासन तथा निकायले चिसो तथा शितलहरका कारण मानव जीवनमा पर्न सक्ने असर र सोबाट बच्ने उपायका विषयमा प्रत्येक गाउँ, टोल र घर–घरमा जनचेतना र दाउरा वितरण, सेवाग्राहीको प्रत्यक्ष सरोकार राख्ने कार्यालयहरुमा तातो पानी र आगोको व्यवस्थापन गर्नुपर्ने, शितलहरका कारण हुन सक्ने विरामीलाई औषधी उपचार व्यवस्थापन, लगायतको माग ज्ञापन पत्रमा उल्लेख गरिएको छ । ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी खडकाले यससंग सरोकार राख्ने विभिन्न निकायसंग आवश्यक पहल गरि चिसो व्यवस्थापन गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया

प्रतिक्रिया