बाँकेका सात वटा स्थानीय तहमा रहेका पर्यटकीय गन्तव्यहरुको पहिचान गरी सूचिकृत गरिएको छ । जिल्ला समन्वय समितिको नेतृत्वमा रहेको जिल्ला स्तरीय पर्यटन प्रवद्र्धन समितिले बाँकेका पर्यटकीय गन्तव्यहरुको पहिचान गरेको हो । गत मंसिर पहिलो साता बाँकेका गन्तव्य पहिचानका लागि तेज बिक्रम शाहको अध्यक्षमा बनेको समितिले बाँकेका सात वटा स्थानीय तहका पर्यटकीय स्थलको सूचि तयार गरेको हो ।
गन्तव्य पहिचानका गठित समितिले बाँकेका आठ वटै स्थानीय तहसँगको समन्वयमा पर्यटकीय गन्तव्यको सूचि तयार गरेको हो । नरैनापुर गाउँपालिका बाहेक सात स्थानीय तहले पर्यटकीय स्थल समितिसँग प्रस्ताव गरेका थिए । ‘नेपालगन्जको प्रसिद्ध शक्तिपिठ बागेश्वरी मन्दिर, खजुरागाउँपालिका गौघाट स्थित झलुंगे पुल नजिकको लागि गुराँश सामुदायिक वन, बैजनाथ गाउँपालिकाको गाभर होमस्टेलाई बाँकेको पर्यटकीय गन्तव्यका रुपमा सूचिकृत गरेका हौं’, गन्तव्य पहिचानका लागि गठित समितिका संयोजक शाहले भने, ‘जानकी गाउँपालिकाको जोगागाउँ स्थित मन्दिर र तलाउ, राप्तीसोनारीको सिक्टा पुल र ढकेरीको बोटानिकल गार्डेनलाई सूचिमा समावेश गरेका छौं ।’ डुडुवा गाउँपालिकाको कमरशा बाबाको मजार, कोहलपुर नगरपालिका अन्तर्गत पर्ने बाँके राष्ट्रिय निकुञ्जलाई बाँकेको पर्यटकीय गन्तव्यका रुपमा पहिचान गरिएको शाहले जानकारी दिएका छन् ।

यसैबीच नेपाल भ्रमण बर्ष सन् २०२० को प्रवद्र्धनका लागि बाँकेमा सञ्चारकर्मीहरुसँग बुधबार अन्तत्र्रिmया गरिएको छ । जिल्ला समन्वय समिति बाँकेका संयोजक अजय श्रीवास्तवको संयोजकत्वमा रहेको समितिले बाँकेमा पहिचान गरिएका स्थानीय तहका पर्यटकिय गन्तव्यहरुको प्रचार, प्रसार गर्नका लागि सुझाव संकलन गर्न अन्तत्र्रिmया आयोजना गरेको समितिका सदस्य समेत रहेका गन्तव्य पहिचान समितिका संयोजक शाहले जानकारी दिएका छन् ।
‘बाँकेमा पहिचान गरेको गन्तव्य प्रवद्र्धनका लागि प्रचार सामाग्री प्रकाशन गर्ने तयारी भैरहेको छ’, समितिका सदस्य शाहले भने, ‘जिल्लामा भ्रमण बर्ष सफल पार्न विभिन्न ५ वटा उपसमिति बनाएका छौं ।’ त्यसका लागि २७ सदस्यीय समिति रहेको समितिले ५ वटा बिभिन्न उपसमितिहरु गठन गरि उपसमिति मार्फत तयारी गरिरहेको समितिका संयोजक अजय श्रीवास्तवले प्रेस विज्ञप्ति मार्फत जानकारी दिएका छन् ।
भ्रमण बर्षको अघिल्लो दिन डिसेम्बर ३१ मा बाँकेमा पर्यटन बर्ष शुभारम्भको कार्यक्रम आयोजना गर्ने समितिले जानकारी दिएको छ । ‘भ्रमण बर्ष शुभारम्भमा मुख्यमन्त्रीलाई निम्त्याइन लागेको’ समितिका सदस्य शाहले बताएका छन् ।
‘भव्य आतिशबाजी सहित अंग्रेजी नयाँ वर्ष २०२० को स्वागतलाई नेपाल भ्रमण वर्षको स्वागतका रुपमा नेपालगन्जको होटल सिद्धार्थ परिसरमा औपचारिक कार्यक्रम गरिनेछ’, समितिले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । समितिले पर्यटकहरुलाई स्वागत गर्नका लागि समिति संयोजक श्रीबास्तवको नेतृत्वमा भारतका मूख्य सहरहरुमा जाने निर्णय समेत गरेको छ ।








