उदाउँदो सुर्यलाई अर्घ दिएसंगै समापन भयो छठ पर्व

नेपालगन्ज – सद्भाव, प्रेम तथा आस्थाको पर्व छठको मुख्य दिन षष्ठीमा व्रतालुहरुले अस्ताउँदो सूर्यलाई अर्घ दिएका छन् भने आज आइतबार हिन्दू धर्म संस्कृतिअनुसार उदाउँदो सूर्यलाई अर्घ दिएर छठको समापन भएको छ ।

नेपालगन्जको बागेश्वरी मन्दिरको तलाउमा हिजो अस्ताउँदो सुर्यलाई अर्घ दिन व्रतालुहरुको पुगेका थिए । भने आज आइतबार विहान उदाउँदो सुर्यलाई अर्घ दिएपछि छठ समापन भएको छ ।

यस क्रममा व्रतालुले दुवै हत्केलामा पिठार र सिन्दूर लगाएर अक्षता फूल हालेर अन्य अघ्र्य सामग्री पालैपालो गरी अस्ताचलगामी सूर्यलाई अर्पण गरेका छन् । सूर्यलाई जल, दूध, केरा, उखु, नरिवल, अदुवा, ठेकुवा, भुसुवा आदि सामग्रीसहितको प्रसाद (अघ्र्य) चढाइएको हो ।


तराईको हिन्दू धर्मावलम्बीहरुबीच अत्यन्त लोकप्रिय रहेको छठपर्वलाई धार्मिक आस्था र सामाजिक सद्भावको प्रतीकको रुपमा लिन थालिएको छ । नेपालमा मिथिलाको महान् पर्व छठप्रति नेपालीहरुको दिनप्रतिदिन आर्कषण बढ्दै गइरहेको छ । व्रत कठोर भए पनि आपूmले इच्छाइएको मनोकामना पूरा हुने भएकाले तराईमा मात्र मनाइने छठपर्व अब राजधानीसहित पहाडतिर पनि मनाइने गरिएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया