हतियार सहित तरुण अध्यक्ष पक्राउ

फाइल फोटो

नेपालगन्ज – युवा व्यवसायी सन्दिप जंग शाहलाई प्रहरीले पक्राउ गरेको छ । निर्माण व्यवसायीका रुपमा सक्रिय उनी नेपाली काँग्रेस सम्बद्ध युवाहरुको संगठन तरुण दलका नेपालगन्ज नगर अध्यक्ष हुन् ।


बाँके प्रहरीका अनुसार, शाहलाई गनापुर स्थित एक रेष्टुरेन्टबाट एकथान लोडेड पेस्तोल सहित पक्राउ गरिएको हो । ‘विशेष सूचनाका आधारमा कोहलपुर प्रहरीको अपरेशनले शाहलाई एक थान मेडइन यूएस लेखेको अटोमेटिक पेस्तोल सहित पक्राउ गरिएको हो’, बाँके प्रहरी प्रमुख, प्रहरी उपरीक्षक वीर बहादुर ओलीले दैनिक नेपालगन्ज भने, ‘पेस्तोलमा एक थान गोली लोड गरिएको अवस्था थियो भने साथमा साथमा म्याग्जिन पनि फेला परेको छ ।’

प्रतिक्रिया

प्रतिक्रिया