कृष्णनगरमा कर्फ्यु ,गोली लागेर एकको मृत्यु

मणि गैह्रे / कपिलवस्तु :
कपिलवस्तुको कृष्णनगरमा एक्कासी तनाव बढेको छ । साम्प्रदायिक सद्भाव बिथोलिन सक्ने अवस्था बढेपछि जिल्ला प्रशासन कार्यालयले लगाएको कर्फ्युको अवज्ञा गर्दा सुरक्षाकर्मीको गोली लागि एक स्थानीयको ज्यान गएको छ ।


लक्ष्मी पूजाको मूर्ति विसर्जनका क्रममा सुरु भएको विवादले ठूलो रुप लिएपछि त्यस क्षेत्र तनावग्रस्त बनेको हो । झडपमा प्रहरीको गोली लागेपछि स्थानीय कृष्णनगर नगरपालिका वडा नं २ का २० बर्षीय सुरज पाण्डेयको मुत्यू भएको हो । स्थिति नियन्त्रणका क्रममा प्रहरी र स्थानीय समुदायबीच झडप भएको थियो ।


बुधबार साँझदेखि सुरु भएको विवादले बिहीबार विहान झनै ठूलो रुपम लिएपछि जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले अनिश्चितकालका लागि कर्फ्यु जारी गरेको छ । मूर्ति विसर्जन गर्ने क्रमममा रुटको विषयलाई लिएर स्थानीय दुई समुदायबीच विवाद भएको थियो ।

तस्वीर : बसन्त गिरि

विवाद मिलाउन खोज्दा प्रहरीमाथि नै जाइलागेपछि स्थिति थप तनावग्रस्त बनेको हो । प्रशासनले विहान ११ बजे देखि अर्को आदेश नभएसम्मका लागि कर्फयू जारी गरेको छ । कर्फयू कृष्णनगर भन्सार कार्यालय देखि उत्तर तर्फ ७ सय मिटर, पश्चिम तर्फ ७ सय मिटर र पूर्व तर्फ ३ सय मिटर क्षेत्रमा कर्फयू जारी गरिएको प्रशासनद्धारा जानकारी दिइएको छ ।


गत बर्षपनि कृष्णनगरमा दुर्गा पूजाको मूर्ती विसर्जनका बेला यस्तै कफ्र्यु जारी गरिएको थियो । बेला बेला कृष्णनगर क्षेत्रमा हिन्दु र मुस्लिम समुदायबीच तनाव हुँदै आएको छ । स्थानीय पाण्डेयको मुत्यु पछि अहिले स्थानीय प्रहरी प्रति झनै आक्रोशित भएका छन् ।

प्रतिक्रिया

प्रतिक्रिया