आगलागी पीडितलाई कर्णाली सरकारको सहयोग
कर्णाली प्रदेश सरकारले मुगुको खत्याड गाउँपालिकाको २ नम्बर वडा कार्यालय र नजिकैका अन्य चार घरहरुमा अज्ञात समुहद्वारा गरिएको आगलागीबाट पुर्ण क्षति भएका घर परिवारका लागि सहयोग गरेको छ ।

प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीको नेतृत्वमा राहत बितरण गर्न नेपाली सेनाको हेलिकप्टरमा एक टोली मंगलवार घटना स्थल पुगेको हो । सेनाको हेलिकप्टरमा अग्नि पीडित १० जनालाई उद्दार गरि सुर्खेत ल्याइएको आन्तरिक मामिला तथा कानुन मन्त्रालय, कर्णाली प्रदेशका सुचना अधिकारी कृष्ण बहादुर रोकायाले
दैनिक नेपालगन्जलाई जानकारी दिए । उनका अनुसार, सांसद चन्द्र बहादुर शाही, दान सिंह परियार सहितको टोलीमा पुगेका मन्त्री भण्डारीले उक्त घटनास्थलमैं पुगेर अग्नि पीडितलाई प्रदेश सरकार प्रत्येक जनताको घर दैलोमा रहेको अनुभूति गराएको रोकायाले बताए । मन्त्री भण्डारीले पीडितबीच कोहि कसैले पनि असुरक्षित महसुस नगर्न र दोषीलाई सुक्ष्म अनुसन्धान गरि कानुनी दायरामा ल्याइ हदै सम्मको कारवाही हुने आश्वासन दिए ।

घटना स्थलमा सो टोलीले खाद्य सामाग्री, टेन्ट लगायतका समग्री वितरण गरिएको आन्तरिक मामिला तथा कानुन मन्त्रालय, कर्णाली प्रदेशका सुचना अधिकारी कृष्ण बहादुर रोकायाले जानकारी दिए ।











