आजबाट ‘लुम्बिनी भ्रमण वर्ष’

बुटवल/समाचारदाता


आज शनिबारबाट ‘लुम्बिनी भ्रमण वर्ष’ को औपचारिक उद्घाटन गरिंदै छ । बुद्ध पूर्णिमाका दिन लुम्बिनीमा भव्यरुपमा मनाइने बुद्ध जयन्ती तथा लुम्बिनी भ्रमण वर्ष शुभारम्भको तयारी पूरा भएको हो । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाको दिनलाई गौतम बुद्धको जन्मजयन्तीका रुपमा मनाउने गरिन्छ । यसपटक जेठ ४ गते परेको २५६३औँ बुद्धजयन्ती तथा प्रदेश ५ सरकारले घोषणा गरेको लुम्बिनी भ्रमण वर्ष शुभारम्भ कार्यक्रम एकै दिन हुने भएकाले भब्य तयारी गरिएको लुम्बिनी विकास कोषले जनाएको छ ।


लुम्बिनी र प्रदेशभित्रका ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा पूरातात्विक महत्वका क्षेत्रको पहिचान, संरक्षण र सम्वर्द्धन गर्दै पर्यटन व्यवसायमा समेत टेवा र्पुयाउने उद्देश्यले प्रदेश ५ सरकारले लुम्बिनी भ्रमण वर्ष २०७६ मनाउने घोषणा गरेको हो । भ्रमण वर्षमा मायादेवी प्रसूति उत्सव, लुम्बिनी फुड फेस्टिबल, सुजाता खिर उत्सव, लुम्बिनी मायादेवी मन्दिर परिसरमा दैनिक दीप प्रज्वलन, मासिक फूलमून डे उत्सव, धार्मिक यात्रा, त्रिपिटक वाचन, लुम्बिनी पिस म्याराथनलगायतका कार्यक्रम गरिनेछ ।


आन्तरिक पर्यटनमा केन्द्रित भएर यसपटकको बुद्धजयन्ती मनाउने तयारी गरिएकाले प्रचार प्रसार र सबै तयारीको काम पूरा भएको विकास कोषका निमित्त सदस्य सचिव सरोज भट्टराईले बताउनुभयो । बुद्धजयन्तीको दिन प्रदेश सरकारले लुम्बिनी भ्रमण वर्ष शुभारम्भ गर्ने भएका कारण यसपटकको बुद्धजयन्ती विशेष हुने उहाँको भनाइ छ ।


प्रचारप्रसार उपसमितिले सातवटै प्रदेशका विभिन्न जिल्ला र सङ्घीय राजधानी काठमाडौँमा पुगेर पत्रकार सम्मेलन गरी लुम्बिनी घुम्न आउन निम्तो दिइसकेको संयोजक भरत केसीले बताउनुभयो । बुद्धजयन्तीको अवसर पारेर सरसफाइ कार्यक्रम गरी लुम्बिनीलाई सिङ्गारिएको छ । विभिन्न सङ्घसंस्था, विकास कोषका कर्मचारी तथा नेपाली सेनाको टोलीले लुम्बिनी परिसरमा विशेष सरसफाइ गरेका छन् । बुद्धजयन्ती तथा भ्रमण वर्ष शुभारम्भ समारोहमा सरिक हुन राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, सङ्घीय सरकारका मन्त्री, प्रदेश सरकारका मुख्यमन्त्री, मन्त्री, विभिन्न देशका बौद्धमार्गी, भिक्षु भिक्षुणी, संस्कृतिविद्लगायत लुम्बिनी उपस्थित हुने कार्यक्रम तय भएको छ ।


लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तेयका अनुसार प्रधानमन्क्री ओलीेले शुत्रबार दिउँसो बुद्धले २९ वर्ष बिताएको स्थान कपिलवस्तुको तिलौराकोट तथा अन्य बुद्धस्थलको अवलोकन गर्नुहुनेछ । प्रधानमन्त्री ओलीले लुम्बिनी फर्केर साँझ मायादेवी मन्दिरमा दीप प्रज्वलन गर्नुहुनेछ । प्रधानमन्त्री ओलीले बुद्ध जयन्तीको दिन शनिबार बिहान बुद्ध पूजा र शान्र्ति यालीमा सहभागी हुने र थाई विहारमा भिक्षुलाई सङ्घ दान गर्ने कार्यक्रम रहेको छ ।


प्रधानमन्त्री ओलीले सोही दिन लुम्बिनीमा दुई हजार ६४३ वटा बिरुवा रोप्ने कार्यक्रमको शुभारम्भ गर्ने कार्यक्रम रहेको छ । बुद्धको महापरिनिर्वाणपछि मनाउन थालिएको बुद्धजयन्ती २५ सय ६३औँ वर्ष पुगेको र उहाँको जन्म त्यसभन्दा ८० वर्षअघि भएकाले बुद्ध जन्मिएको दुई हजार ६४३ वर्ष पुगेको उपलक्ष्यमा सोही संख्यामा फलफूलका बिरुवा रोप्ने प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्तावअनुसार यो कार्यक्रम तय गरिएको विकास कोषका निमित्त सदस्य सचिव भट्टराईले बताउनुभयो ।


त्यसलगत्तै बिहान ११ बजे बुद्धजयन्ती तथा लुम्बिनी भ्रमण वर्ष शुभारम्भ समारोह शुरु हुनेछ । समारोहमा रुपन्देही, कपिलवस्तु र नवलपरासीका २३ वटा विद्यालयका १०० छात्रछात्रालाई पाँच हजारका दरले छाक्रवृत्ति वितरण गर्ने कार्यत्रम रहेको कोषका प्रशासन प्रमुख तथा छात्रवृत्ति उपसमितिका सदस्य चूडामणि भट्टराईले जानकारी दिनुभयो ।


गौतम बुद्धको जन्म भएको, बुद्धत्व प्राप्त गरेको र महापरिनिर्वाण प्राप्त गरेको दिनलाई त्रिसंयोग दिवसका रुपमा समेत मनाउने गरिन्छ । इसापूर्व ६२३ वर्षअघि वैशाख शुक्ल पूर्णिमाका दिन लुम्बिनीमा बुद्धको जन्म भएको थियो । पहिलो सन्तानको माइतीमा जन्म दिने तत्कालीन परम्पराअनुसार मायादेवी आफनो माइती देवदह जान लागेका बेला लुम्बिनी उद्यानमा गौतमबुद्धको जन्म भएको थियो ।


राजा शुद्धोधनको दरबारमा राजकुमार भएर रहेका सिद्धार्थले मानिसले पाएको दुःख देखेर त्यसबाट मानव जातिलाई छुटकारा दिने उद्देश्यले २९ वर्षको उमेरमा दरबारको सुख छोडी तपस्या गर्न निस्किनुभएको थियो । वैशाख शुक्ल पूर्णिमाकै दिन उहाँले बुद्धगयास्थित बोधिवृक्ष (पीपलको रुख) मुनि बुद्धत्व प्राप्त गर्नुभएको थियो । वैशाख शुक्ल पूर्णिमाकै दिन उहाँको महापरिनिर्वाण भएको थियो । त्यसै वर्षदेखि बुद्धजयन्ती मनाउन थालिएको हो ।


यसैबीच, प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार भगवान् गौतमबुद्धको क्रिडास्थल तथा राजा शुद्घोधनको प्राचीन दरबार क्षेत्र अवलोकन गर्नुभएको छ । सो अवसरमा प्रधानमन्त्री ओलीले तिलौराकोटको विकासमा राज्यले ध्यान दिने बताउनुभयो । उहाँले तिलौराकोटको अवलोकन पश्चात् पत्रकारलाई सङ्क्षिप्त प्रतिक्रिया दिँदै यस क्षेत्रको विकासका लागि सङ्घीय सरकारले प्राथमिकता दिने उल्लेख गर्नुभयो । उहाँले तिलौराकोट क्षेत्रको अवलोकनका अवसरमा तिलौराकोटमा गरिएको उत्खनन, अनुसन्धान र संरक्षणले यसको विकासको ढोका खुलेकोसमेत बताउनुभयो । प्रदेश नं ५ सरकारले आयोजना गरेको लुम्बिनी झ्रमण वर्ष २०७६ कार्यक्रम र २५६३औँ बुद्धजन्ती कार्यत्रममा आउनुभएका प्रधानमन्क्री ओली सोही त्रममा तिलौराकोटको अवलोकन गर्नुभएको हो ।


प्रधानमन्त्रीका साथमा प्रदेश नं ५ का प्रदेश प्रमुख उमाकान्त झा, मुख्यमन्त्री शङ्कर पोखरेल, कृषि तथा पशुपक्षी विकासमन्क्री चत्रपाणी खनाल, नेकपाका महासचिव विष्णु पौडेल लगायतका नेता सहभागी हुनुहुन्थ्यो ।


प्रधानमन्त्री ओलीलाई लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेश त्रिपाठीले तिलौराकोटको ऐतिहासिक पृष्ठभूमि, उत्खनन, अनुसन्धानबाट प्राप्त उपलब्धिबारे जानकारी गराउनुभएको थियो । प्रधानमन्त्री ओली तिलौराकोट क्षेत्रमा पश्चिम गेटबाट पैदल हिँडेर प्राचीन ऐतिहासिक संरचनाको अवलोकन र जानकारी लिनुभएको थियो । तिलौराकोटमा विगत छ वर्षदेखि बेलायतको दुहार्म विश्वविद्यालय र पुरातत्व विभागले संयुक्तरुपमा उत्खनन, अनुसन्धान गरिरहेको छ । तिलौराकोट विश्वसम्पदा सूचीका लागि प्रस्तावित स्थलसमेत हो ।

सुजाता खिर महोत्सव शुरु
लुम्बिनी भ्रमण वर्ष–२०७६ को अवसरमा सुजाता खिर उत्सवको शुक्रबार शुभारम्भ गरिएको छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले सो उत्सवको आयोजना तथा उद्योग व्यापार सङ्गठन रुपन्देहीले संयोजन गरेको हो ।


सो उत्सवलाई सम्बोधन गर्दै प्रदेश नं ५ सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लीला गिरीले बुद्ध जन्मस्थलको विकास र प्रचारप्रचारका लागि प्रदेश सरकारले भ्रमण वर्ष मनाउन लागेको बताउनुभयो । उहाँले सुजाता नाम गरेकी युवतीले दिएको खिर खाएपछि बुद्धले ज्ञान प्राप्त गरेका कारण बुद्ध दर्शनमा उक्त खिरको विशेष महत्व रहेको बताउनुभयो ।
कार्यक्रममा प्रदेशसभा सदस्य फकरुद्धिन खाँनले बुद्धको जीवनीसँग सम्बन्धित विषयमा विभिन्न कार्यक्रम लुम्बिनीमा नियमित आयोजना हुनुपर्ने बताउनुभयो । खिर उत्सवका संयोजक तथा उद्योग व्यापार सङ्गठन रुपन्देहीका पूर्व अध्यक्ष खिमबहादुर खत्रीले निराहार तपस्या बसेका गौतमबुद्ध कमजोर र जीर्ण भइसकेको अवस्थामा सुजाता नामकी युवतीले खिर खुवाएपछि सोही राति ज्ञान प्राप्त भएको घटनालाई उत्सवको रुपमा मनाउन शुरु गरिएको बताउनुभयो ।
सिद्धार्थ गौतम उरुवेला राज्यको निरञ्जना नदीको किनारमा लामो समयदेखि तपस्या गरिरहनुभएको थियो । निराहार तपस्याका क्रममा उहाँको शरीर अत्यन्तै कमजोर र जीर्ण भइसकेको थियो । सिद्धार्थका गुरुले अन्न नखानु भनेकाले सिद्धार्थले भोजन गर्नुभएको थिएन । सिद्धार्थका एक गुरुले अन्नको मात्रा कम गर्दै जानु र अन्तिममा अन्नको एक गेडामात्रै हुनेछ । त्यसपछि निराहार रहनु भनेकाले सिद्धार्थ निराहार रहनुभएको थियो ।


गुरुले भोजन ग्रहण नगरेपछि ज्ञान प्राप्त गर्न सहजहुन्छ भन्नुभएकाले सिद्धार्थले सोहीअनुसार गर्नुभयो । सिद्धार्थले तपस्या गरेको वन नजिकै एक गाउँमा बस्ने सुजाताले सिद्धार्थको त्यो कमजोर अवस्था देखेर खिर भोजन गर्न दिनुभयो । निराहार तपस्या बस्नुभएका गौतमबुद्ध कमजोर र जीर्ण भइसकेको अवस्थामा सुजाताले खिर खुवाएपछि सोही राति ज्ञान प्राप्त भएको घटनालाई बुद्धजन्मस्थल लुम्बिनीमा उत्सवका रुपमा मनाइन थालेको बताइन्छ ।


सुजाताले दिएको खिरकै कारण सिद्धार्थको शरीरमा ऊर्जा सञ्चार भएको र बुद्धत्व प्राप्त गरेको अवसरको सम्झना तथा प्रवर्द्धनमा आजदेखि लुम्बिनीमा सुजाता खीर उत्सव शुरु भएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया