आठौंका खेल संरचना संरक्षण गर्न कार्यविधि बनाइँदै

आठौं राष्ट्रिय खेलकुद अन्तर्गत प्रदेश ५ मा बनाइएका खेल पूर्वाधार संरक्षण लागि सञ्चालन कार्यविधि बनाइने भएको छ । बाँकेमा मात्रै आधा अर्बका खेल पूर्वाधारहरु निर्माण गरिएको छ । यद्यपि, केही खेल पूर्वाधारहरु भने अझै निर्माणकै क्रममा छन् ।


अधुरा खेल संरचनालाई पूरा गर्न निर्माण तिव्रताका साथ अगाडि बढाएको जानकारी दिंदै खेलकुद विकास परिषद् प्रदेश ५ का अध्यक्ष भीम ओलीले खेलका लागि निर्माण गरिएका संरचनाहरु संरक्षणका लागि कार्यविधि बनाउन लागेको जानकारी दिएका छन् । ‘यसै महिना कार्यविधि जारी गर्ने गरी आन्तरिक तयारी थालिएको छ’, अध्यक्ष ओलीले भने, ‘सञ्चालन कार्यविधिले प्रदेश ५ मा खेल क्षेत्रको विकासका लागि पूर्वाधारको व्यवस्थित रुपमा प्रयोग हुनेछ ।’


बाँकी रहेका खेल पूर्वाधारको निर्माण पनि यसै आवभित्र सक्ने लक्ष्य रहेको अध्यक्ष ओलीले जानकारी दिएका छन् । आठौंका लागि बनाइएका खेल पूर्वाधारहरुको निर्माण सक्नका लागि आवश्यक बजेट माग गर्न राखेप र मन्त्रालय पुग्ने तयारी समेत भैरहेको उनले जानकारी दिए ।
बाँकेमा ह्याण्डबल कोर्ट, पौडी पोखरी, भारत्तोलोन एकेडेमी, भलिबल स्टेडियम, जुडो र नेपाल रंगशालाको फुटबल मैदानमा फिनिसिङ्गको काम भैरहेको छ ।

बाँकेमा बनिरहेका खेल पूर्वाधारहरु आठौं पछि कसरी अगाडि बढेको छ भन्ने अनुगमनका लागि आठौं राष्ट्रिय खेलकुदका सचिवालय सचिव इन्द्र कार्की नेपालगन्ज आएका छन् । उनी बिहीबार नेपालगन्ज रंगशाला पुगेर निर्माण कार्य तथा बजेटको अवस्थाबारे बुझेका थिए । उनले आज शुक्रबार कोहलपुर, खजुराका खेल संरचना अनुगमन गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया

प्रतिक्रिया