नेपाल विद्युत प्राधिकरण नेपालगन्ज वितरण केन्द्र बिहीबार नेपालगन्जमा ६ घण्टा विद्युत अवरुद्ध हुने जानकारी गराएको छ ।
यस्तो प्राधिकरणको सूचना
विद्युत सेवा अवरुद्ध हुने बारे सूचना !
नेपालगन्ज पुरानो सबस्टेशनमा नयाँ फिडर जडान गर्न मिति २०७६/०१/१२ गते विहान ६ बजेदेखि दिउँसो १२ बजेसम्म भृकुटीनगर, परसपुर, गडियनपूर्वा देखि भन्सार, राधापुर, सीतापुर, उदयपुररोड देखि दक्षिण र तेलियनपूर्वा क्षेत्रहरुमा विद्युत सप्लाई बन्द रहने बारे सम्पूर्ण ग्राहकमा जानकारी गराइन्छ । असुविधाको लागि नेपालगन्ज वितरण क्षमा प्रार्थी छ ।
नेपालगन्ज वितरण केन्द्र
नेपाल विद्युत प्राधिकरण
2076-01-11