हक्की मैदानमा उत्रदै नेपालगन्जका मेयर

आठौं राष्ट्रिय खेलकुदको पक्षमा व्यापक प्रचारप्रसार गर्दै खेलकुदमा आकर्षण बढाउने उद्देश्यका साथ नेपालगन्जका नगर प्रमुख (मेयर) डा. धवल समशेर राणाको कमाण्डमा आज सोमबार मैत्रीपूर्ण हक्की आयोजना हुने भएको छ ।

 
१८औं राष्ट्रिय हक्की प्रतियोगिता स्थल नेपालगन्जको मंगलमावि खेल मैदानमा निर्णायक टोलीसँग डा. राणाको टोली मैत्रीपूर्ण खेलका लागि मैदानमा उत्रिने भएको हो । ‘हक्कीमा खेलाडीहरुको आकर्षण बढाउन र आठौंको बृहत प्रचारप्रसारमा सघाउन शो म्याचको आयोजना गरेका हौं’, आठौं राष्ट्रिय प्रतियोगितामा हक्कीका लागि प्रदेश ५ का टिम म्यानेजर अशोक कुमार श्रेष्ठले दैनिक नेपालगन्जसँग भने, ‘यसले खेलाडीहरुलाई उत्साहित बनाउँछ ।’

 
नगर प्रमुख डा. राणाले पनि आठौंका पक्षमा बृहत प्रचारप्रसारका लागि नगरले आफ्नो ठाउँबाट सक्दो प्रयास गरिरहेको जानकारी दिंदै आफु मैदानमै उत्रिएर खेलकुदमा हातेमालो गर्न चाहेको बताए ।

प्रतिक्रिया

प्रतिक्रिया