बाँकेको कोहलपुरमा सेफ्टीट्याङ्की सफा गर्ने क्रममा दुई जनाको केही बेर अघि मृत्यू भएको छ । व्यवसायिक रुपमा उक्त कार्य गर्दै आएका उनीहरुको कोहलपुर नगरपालिका ११ पिपल चौतारा नजिकैको घरमा सेफ्टीट्याङ्की सफा गर्ने क्रममा ज्यान गएको हो ।
‘निसास्सिएर ज्यान गएको देखिन्छ,’ इलाका प्रहरी कार्यालय कोहलपुरमा प्रमुख डिएसपी रमेश बहादुर सिंहले नेपालगन्जन्जयुज सँग भने, ‘असावधानीका कारण भएको दुर्घटना हो ।’ प्रहरीले अनुसन्धानका लागि भन्दै घरधनीलाई पक्राउ पनि गरेको छ । मृत्यु हुनेमा कोहलपुर नगरपालिका ६ रझेनाका कुमार थारु र चेतराम थारु छन् । उनीहरुको शब पोष्टमार्टमा लागि भेरी अस्पताल नेपालगन्ज ल्याइएको छ ।
2075-12-26