सुदूरपश्चिमको कैलाली मसुरीमा पुगेर नेपालगन्ज–११ ले ३ लाख सहित खुल्ला आमन्त्रित फुटबल खेलमा जीत हासिल गरेको छ । मंगलबार भएको फाइनल खेलमा ट्राइब्रेकरमा ५ का विरुद्ध ६ गोल गरी नेपालगन्ज–११ उपाधी जित्न सफल भएको हो ।
नेपालगन्ज–११ का अध्यक्ष घनश्याम थापाले आसन्न आठांै राष्ट्रिय खेलकुदका लागि प्रदेश ५ बाट छनोटमा परेका खेलाडी समेत समावेश गरी टिम बनाइएको जानकारी दिए । ‘हाम्रो टिमले सशक्त प्रदर्शन गरेको छ’, जितपछि हर्षित हुँदै थापाले दैनिक नेपालगन्जसँग भने ।
नेपालगन्ज–११ राजेश थारु वेष्ट किपर, विनोद केसी वेष्ट स्टाइकर र विजय सिंह ठकुरी, किसन क्षेत्री, चेतन चौधरी, प्रितम थापा, विनोद चौधरी लगायतका खेलाडीहरुले उत्कृष्ट प्रदर्शन गरेका थिए । जनक केसीको प्रशिक्षक रहेको टिमले यसअघि गौरीगंगा ११, स्पोर्टस् कैलाली मसुरीको आयोजनामा घोडाघोडी सुक्खडलाई पराजित गरी फाइनलमा प्रवेश गरेको थियो ।
यसैबीच, विजयी खेलाडीहरुलाई बुधबार नेपालगन्जमा सम्मान गरिएको छ ।