कुनै प्रेम खास बन्छ त कुनै वकवास

प्रेम शब्द आफैमा अचम्मको छ । न त परिभाषित गरेरै सकिन्छ । न त बुझन चाहेरनै बुझन्न सकिन्छ सकिदैन यहाँ प्रेमलाई परिभाषित गर्न । सकिदैन यहाँ प्रेमलाई बुझाउन न त सकिन्छ देखाउन । पे्रम मात्र एउटा यस्तो चिज हो जो मात्र सकिन्छ त महसुस गर्न । कति साहित्यकार जन्मायो यही प्रेमले हो धेरै साहित्कारको जन्म भयो, यहाँ जो प्रेममा चुर्लुम्ब डुबेर आफना प्रेमीका सामु भन्न नसकी ति शब्दहरु आफना प्रेमिकाका सामु पोख्न नसक्दा र ति मन भित्र गाठो पारी बसेका शब्दहरु मायालुरुपि शब्दमा कोर्दा कोर्दै हजारौ लेख, लेख्न पुगे । आप्mनो प्रेमिकाको वर्णन गर्दा गर्दै अनेकौ रचना रच्न पुगे । काल्पनिक पे्रमका प्रेमिल भावहरुमा रमाउँदै गर्दा आप्mनो प्रेमलाई कलमको साहारामा पोख्दा पोख्दै उपन्यास नै लेख्न सफल भए ।

 
म तिमीलाई प्रेम गर्छु भन्न नसकी आप्mनो प्रेम सफल बनाउन नसके पनि महाकाव्यहरु लेख्न सफल भएका धेरै उदाहरणहरु छन् । हुनत प्रेम भन्ने चिज नै यस्तै छ प्रेम मात्र महसुस गर्न सकिने कुरा हो । जो सच्चा प्रेमीहरुमा मात्रै देख्न पाइन्छ । यस्ता कुरा पक्कै पनि भन्न नसक्ने अनि महसुुस गरिदिने व्यक्तिले महसुस नै गर्न नसक्दा कति सम्मको पीडा हुन्छ होला है ? हामीले सजिलै बुझन सक्छौ । त्यसैले त भन्न जरुरी हुन्छ कि म त तिमीलाई माया गर्छु भनेर हो त्यहि माया गर्छु भनेर भन्ने दिनका रुपमा लिइन्छ । भ्यालेन्टाइन डेलाई भन्न नसक्नेहरुका लागि एउटा खास दिन हो । भ्यालेन्टाइन डे लुकेर बसेको मायालाई कसरी महसुस गर्नु ? भने पो महसुस गर्न सकिन्छ हैन र अनि पो उसका लागि आँखाले अनेको सपना सजाउन थाल्दछ र मनले अनेकौ रहरहरु बुन्न थाल्दछ । पे्रम एउटा एस्तो चिज हो जुन प्रेम बिना हरेक कुरा असमभव छन् । जीव जन्तुका पनि जोडिमा कति अगाढ प्रेम छन् जबकी आफनो जोडीले केही कारण बस प्राण त्याग गर्दा कति छटपटाइरहेको हुन्छ । उसको आँखामा हामीले सजिलै देखिरहेका हुन्छौ । मायाको भाव जब कि जीवजन्तु पनि आप्mना प्रेमील जोडीहरु विना आफूलाई एक्लो महसुस गर्ने गर्दछन् । हामी त मनुष्य जाति हामी त शिक्षित छौ ।

 
माया के हो सजिलै बुझन सक्दछौ । एउटा माया गर्ने पे्रमिल जोडी अर्थात पे्रम पे्रमिकाका लागि मात्र नभई हरेक पात्रहरुमा पे्रम लुकेको हुन्छ । कही कतै जति नै धेरै घृणा गरेतापनि भित्री मनमा माया लुकेर बसेको हुन्छ । हुन त पे्रम शब्दै आफैमा निकै सुन्दर छ स्नेहले भरिएको छ । सबैको मनमा लुकेर बस्न सफल पनि छ र त प्रेमलाई सबैले आ–आफनो तरिकाले व्याख्या पनि गरिरहेका हुन्छन् । सबैले प्रेमलाई निश्चल र सुन्दरको रुपमा आप्mनै तरिकाले व्याख्या गरिरहेका हुन्छन् । अचम्म लागेर आउँछ होला ? नव युगका पे्रमील जोडीहरुलाई यस्ता कुरा सुन्दा नलागोस पनि कसरी ? एटे«क्सनलाई जो प्रेम मानेर सर्वोश्व ठानी बस्छन र अन्त्यमा रिजल्ट त आप्mनो बाटो लाग म आफनो बाटो भन्दछन् ।

 
भ्यालेन्टाइन विक मनाइरहने नव युगका पे्रमील जोडीहरु मध्ये धेरैले भनिरहेका पनि हुन्छन् । हामी सुन्न पनि पाउँछौ कास मलाई पनि साँचो माया गरिदिने कोही भए म उसलाई निकै मया गर्दथे होला भन्ने कुराहरु तर यस्तो कदापि हुँदैन किन कि उनीहरु बानी परिसकेका हुन्छन् । र, साँचो मायालाई पनि कुल्चिन्छ कुन माया साँचो हो, को आफनो हो कुन माया झुटो हो छुटयाउनै सक्दैन्न किनकी बानि परिसकेका हुन्छन् । र, एउटा फेसन नै भन्नुपर्छ कि स्कुल पढ्दाबाट नै तेरो व्वाई फ्रेण्ड भन्दा मेरो राम्रो उसको गर्ल फ्रेण्ड भन्दा त्यस्को यस्ता यावत कुराहरु आउँछ र दिन प्रतिदिन मायाको भाव नै परिवर्तन हँुदै गइरहेको छ जसले गर्दा आफना बाबु आमामा समेत छोरा छोरी प्रतिको चिन्तन एकदमै बढ्दो मात्रा रहेको पाइन्छ । नव युगका प्रेमील जोडीहरुको के दोष यो त समय र बढ्दै गइरहेको पश्चिमी संस्कृतको न हो न त हामीलाई हे थाहा थियो र के हो भनेको भ्यालेन्डाइन डे । प्रतिस्पर्धा र फेसनले हामिलाई यसरी निचोरिरहेको छ की हामी नचाहँदा नचाहँदै पनि बाध्य छौ । प्रेम गर्नेहरुका लागि हरेक दिन प्रणय दिवस नव युगका पे्रमिल जोडीहरुमा समयको दोष नै भन्नु पर्छ । उनीहरुको त के दोष जबकी प्रेम भन्ने के हो जानेका पनि हँुदैन र पनि प्रेममा छु भन्छन् । अहिलेको धेरैजसो पे्रम प्रेम नभएर सहि प्रेम गर्नेहरुका लागि पनि खेल जस्तै भएको छ । र, साँचो प्रेम गर्नेहरुका लागि अभिषाप बन्न पुगेको छ । अझ त्यसमाथि अहिल चलिरहेकोे भ्यालेन्टाइन वीक जो चलिराछ ७ फेब्रुअरीबाट सुरु हुन्छ क्यारे । रोज डे फुल दिनु पर्ने रातो गुलाबको फुल नदिए बचेकुचेको समबन्ध पनि टुक्रिने हो की भन्ने डर त्यति मात्रै कहाँ होर पूरै ७ फेब्रुअरीबाट सूरु भई १४ फेबु्रअरी भ्यालेन्टाइन डेसम्म पुग्दा कति सम्म चित बुझाई राख्नू पर्छ । राख्न नसके कति प्रेमिल जोडीहरु टुक्रिने र फेरी नयाँ स्थापित हुने जस्ता थुपै्र छन् । ८ फेब्रुअरी प्रपोज डे म तिमिलाई माया गर्छु भन्नु पर्ने रे । अनि आउँछ ९ फेब्रुअरी चकलेट डे, डेरी मिल्क, फाइभ स्टार, जेम्स अनेकन नामका महङ्गा र राम्रा चकलेट दिनुपर्ने ।

 

१० फेबु्रअरी टेडी डे गिफट हाउस गएर टेडी वियर, रेड पाण्डा जस्ता ठुला ठुला गिफट दिनुपर्ने ११ फेबु्रअरी परमिश डे के भनेर परमिश गर्ने हो थाहा छैन । तर, परमिश गर्नुपर्ने रे । १२ फेबु्रअरी किस डे हुँदाहुँदा अब उफ किस दिनुपर्ने जब कि भ्यालेन्टाइन डे अझै आइपुगेको छैन । भ्यालेन्टाइन डे आउन पुरै दूई दिन बाँकी छ । १३ फेबु्रअरी हग डे अंगालोमा बाँधिनुपर्ने भो हासो उठेर आउँछ वकवास भ्यालेन्टाइन वीक देखेर आज १४ फेबु्रअरी भ्यालेन्टाइन डे बल्ल आज आउँदै छ । जबकी बाँकी केही छ जस्तो लाग्दैन वकवास भ्यालेन्टाइन डे को के अर्थ माया गर्न कुनै कथा चाहिदैन कुनै महाकाव्य चाहिदैन आफनो पे्रमीको आँखामा हेरी सिर्फ आइ लभ यू भने पुग्छ । जस्तो सुकै कठिन परिस्थितिमा पनि सजिलै अंगालन सक्नु त्यहि नै वास्तविक प्रेम हो । मलाई लाग्दछ जहाँसम्म कि आँखाले अवश्य प्रेमको भाव बुझदछ र त्यो भावमा तिम्रा लागि पनि माया देख्दछ । मायालुरुपी ति शब्द नै काफि छन् आँखाको त्यो भाव नै काफी छ । प्रेम भन्नु एक अर्का बिचको आदर, समझदारी, विश्वास, पारदर्शिता र स्नेहको साझा रुप हो । प्रेम जिवन पर्यन्त चलिरहन्छ । खास प्रेम कसैले केही भन्दैमा डगमगाही हाल्दैन तर, सहायताका प्रेमहरु भन्न सकिदैन । कहाँ निर गएर चुक्छ पत्तै हँुदैन आफै डगमगाएर रात र दिन जस्तै कहिल्यै नभेटिने गरी जीवनको एउटा कथा बन्छ । जस्तै एक पछि अर्को तर त्यो व्यक्ति खास हँुदैन जीवनमा खास त्यो बन्छ जो आफु संगै नभए पनि संगै भएको आभाष दिन्छ र दुखेका घाउँहरुमा त्यही आभाषले नै मलम पट्टि गरिदिन्छ हो ।

 

त्यही व्यक्ति प्रिय लाग्दछ यति कि आफु भन्दा पनि धेरै र जीवनको एकदमै खास व्यक्ति बन्न पुग्दछ पक्कैपनि प्रेम आफैमा भने बकवास होइन बनाइएको छ यहाँ पे्रमलाई वकवास र बन्न बाध्य छ प्रेम अहिले बकवास प्रेम विनाको संसार सायद कल्पनै गर्न सकिदैन प्रेम निस्वार्थ छ । जो अबिरल बगिरहन्छ । प्रेम दिवसको सबैमा शुभकामना ।

प्रतिक्रिया

प्रतिक्रिया