नेपालगन्जमा सहित प्रति सम्मान व्यक्त गर्दै सहिद सेतु विक चोकमा बुधबार साँझ दिप प्रज्वलन गरिएको छ ।
विद्यालयका विद्यार्थी, बाल क्लब सञ्जालले सहिदहरु प्रति श्रद्धाञ्जली व्यक्त गर्दै दिप प्रज्वलन गरेका हुन् । प्रजातन्त्र स्थापना एवं पुनस्र्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहुति दिने शहीदको सम्झनामा विविध कार्यक्रम गरी शहीद दिवस मनाइँदैछ । यसअघि माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रमका साथ शहीद सप्ताह मनाउने घोषणा गरी विविध कार्यक्रम हुँदै आएको छ ।
वतन्त्रताको माग गर्दा विसं १९९७ मा शहीद शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौँको टेकुस्थित पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा, दशरथ चन्द एवं गङ्गालाल श्रेष्ठलाई माघ १५ गते शोभाभगवतीमा राणा शासकले मृत्युदण्ड दिएका थिए । त्यसपछि गणतन्त्र प्राप्तिको आन्दोलनमा सयौं सहिद भएका छन् ।