कोहलपुर हत्या घटनाका आरोपलाई गोली हानियो

गत पुस अन्तिम साता कोहलपुरमा भएको विभत्स हत्याका आरोपीलाई प्रहरीले गोली हानेर पक्राउ गरिएको छ ।

 
इलाका प्रहरी कार्यालय कोहलपुरले नेपाल प्रहरीको असई पदमा भर्ना हुन सुर्खेतबाट कोहलपुर पुगेका दीपकसिंह ठकुरीको विभत्स हत्यामा संलग्नताको आरोपमा युवराज गिरीलाई बर्दियाबाट पक्राउ गरेको हो । उनी भाग्न खोजेपछि प्रहरीले खुट्टामा गोली हानेको इप्रका कोहलपुरले जानकारी दिएको छ । गोली लागेको गिरीको कोहलपुरमा उपचार भैरहेको छ ।

 
यसअघि ठकुरीको हत्या आरोपमा सुर्खेतबाट भरत शाहीलाई प्रहरीले पक्राउ गरिसकेको छ ।

प्रतिक्रिया

प्रतिक्रिया