कोहलपुरमा युवकको विभत्स हत्या

बाँकेको कोहलपुरमा एक युवकको विभत्स हत्या भएको छ । इलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार, नयाँ बसपार्क नजिकैको खुला मैदानमा घाँटी रेटेर हत्या गरिएका युवकको शव फेला परेको हो ।

 
ईलाका प्रहरी कार्यालय कोहलपुरका ईन्चार्ज प्रहरी नायव उपरीक्षक रमेशबहादुर सिंहले हत्या गरिएका युवक सुर्खेतका दिपक ंिसह ठकुरीको रहेको जानकारी दिएका छन् । ‘अगाडिबाट घाँटी रेटिएको अवस्थामा शव भेटिएको छ । अनुसंन्धान गर्दै छौ,’ उनले भने ।

प्रतिक्रिया

प्रतिक्रिया