सुरु भो लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान

खजुरामा लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानको शुरुवात गरिएको छ । २५ नोबेम्बरदेखि १० डिसम्बरसम्म मनाइने उक्त अभियान अन्तरगत खजुरामा आज आइतवार सचेतना ¥याली र कोणसभा गरिएको छ । खजुरा बजारको हाटबजारबाट शुरु भएको सचेतनामूलक ¥याली धनौली हुँदै पुनः हाटबजारमै पुगेर कोणसभामा परिणत भयो ।

 

कोणसभालाई सम्बोधन गर्दै खजुरा गाउँपालिका उपप्रमुख एकमाया विकले लैंगिक हिंसाविरुद्ध सबै सरोकारवालाको एक आवाज हुनु पर्ने बताइन । उनले खजुरा गाउँपालिकालाई महिला हिंसामुक्त गाउँपालिका बनाउन कार्ययोजनाका साथ अगाडि बढ्ने उल्लेख गरिन । १६ दिने अभियान अन्तरगत खजुराका ८ वडामा अन्तरक्रिया, किशोरीवीच वादविाद, मावि स्तरीय निवन्ध, प्रतियोगिता, लैंगिक हिंसा न्यूनीकरणमा किशोर किशोरीको भूमिका विषयक अन्तरक्रिया, सडक नाटकलगायतका कार्यक्रम तय गरिएको उपप्रमुख विकले बताइन । कार्यक्रममा खजुरा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत बमबहादुर केसीले हिंसाविरुद्ध सचेतना जगाउने उद्देश्यले कार्यक्रमहरु अगाडि सारिएको बताए ।

 

वडा नं. ३ का वडाध्यक्ष कान्तुराम गौतमको अध्यक्षतामा भएको कार्यक्रममा इलाका प्रहरी कार्यालय धनौलीका प्रमुख प्रहरी निरीक्षक मखनप्रसाद यादवले महिला हिंसाविरुद्ध प्रहरी संगठन सबैसंग सहकार्य गरेर अगाडि बढ्ने बताए । खजुरा गाउँपालिकाको आयोजना र नारी उत्थान केन्द्र खजुरा, साथी संस्था बाँके, प्लान इन्टरनेशनल नेपाल, गेरुवा ग्रामीण जागरण संघ, स्याक नेपाल बाँके, इन्रुडेक बाँके, जनजागरण समाज बाँके, राइजिङ आइडल, वाल क्लव संजाल खजुरा, दलित महिला संजाल, यूवा महिला संजाल, बाल संरक्षण समिति, बागेश्वरी बहुउद्देश्यीय कृषि बजार, शुभकामना बहुउघेश्यीय सहकारी संस्था, पुष्पाञ्जली बहुउद्देश्यीय सहकारी संस्थालगायतको संयुक्त सहकार्यमा लैंगिक हिंसाविरुद्धको अभियान खजुरामा संचालन हुने जनाइएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया