पुष्पलाल चोकमा शंकास्पद वस्तु, बमको आशंका

नेपालगन्जको पुष्पलाल चोकमा बम राखिएको आशंका गरिएको छ ।
चोकमा रहेको एउटा आकाशे रंगको प्लाष्टिकमा बम राखिएको आशंका गरिएको हो । अहिले प्रहरीले चोकलाई घेरा हालेको छ भने नेपाली सेनाको टोली समेत उक्त स्थानमा पुगिसकेको छ ।

अपडेट
एउटा समूहका नाममा एउटा पर्चा फेला परेको छ । उक्त पर्चामा शक्तिशाली बम राखिएको उल्लेख छ । ३ सय मिटर क्षेत्रमा असर गर्ने दाबी गरिएको उक्त पर्चा धम्बोझी चोक क्षेत्रमा फालिएको दाबी गरिएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया