युवतीहरुका लागि छुट्टै पुनस्र्थापना केन्द्र आवश्यक रहेको लागुऔषध नियन्त्रणका लागि क्रियाशिल रहेका संस्थाहरु बताउँछन्
रुपा गहतराज
बाँके प्रहरीले दुई महिनाअघि खजुराबाट दुई किशोरीलाई ब्राउनसुगर खाँदै गरेको अवस्थामा पक्राउ गरयो । केटा साथीसँग बसेर ब्राउनसुगर खाइरहेको बेलामा प्रहरीको टोलीले उनीहरुलाई नियन्त्रणमा लियो । उनीहरुको साथबाट नौ सय मिलिग्राम ब्राउन सुगरसमेत फेला परेको थियो । १८ र २० वर्षका दुई युवतीलाई प्रहरीले अनुसन्धानका लागि ५ दिन जिल्ला प्रहरी कार्यालयमा राख्यो । पछि उनीहरु अदालतबाट धरौटीमा छुटे ।
डोल्पा जिल्लाकी २० वर्षीया युवती ३० ट्याब्लेट नाइट्रोजेपामसहित नेपालगन्जमा पक्राउ परिन् । सीमावर्ती भारतीय बजार रुपैडिहाबाट लागुऔषध बोकेर नेपालगन्ज आउदै गरेकी उनलाई इलाका प्रहरी कार्यालय, जमुनाहाले पक्राउ गर्यो । स्कुटीमा आउँदै गरेकी उनले पाइतलामा राखी चप्पलले च्यापेर नाइट्रोजेपाम ल्याउँदै थिइन् । सिएमए पढ्दै गरेकी ती युवती नेपालगन्जमै बस्छिन् र उनी आफै प्रयोगकर्ता भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
खराव संगत, मानसिक तनाव र असफल बैवाहिक सम्बन्धका कारण दुव्र्यसनीमा टिनएजर किशोरीको संख्या बढ्दो रहेको तथ्यांकले देखाउँछ छ । दुव्र्यसनी पुनस्र्थापनाका क्षेत्रमा काम गर्दै आएका संघ–संस्थाहरुका अनुसार, नेपालगन्जमा त्यस्ता युवतीहरुको संख्या बढिरहेको छ । तर, उनीहरुको आधिकारिक तथ्यांक र अध्ययन भएको छैन ।
खुला सिमानाका कारण नेपालगन्जमा सजिलै लागुपदार्थ भित्रिने गरेको छ । जसका कारण युवतीहरु दुव्र्यसनमा फसिरहेका छन् । दुव्र्यसनमा फसेका युवतीहरु खुल्दैनन् । अन्तिम अवस्थामा मात्र परामर्शका लागि गोप्य ठाउ“ वा घरमा बोलाउने गरेको साहारा हाउस पुनस्र्थापना केन्द्रका संचालक अभिराज क्षेत्रीले बताए । उनका अनुसार, संख्या बढेपनि सामाजिक प्रतिष्ठाका कारण ती महिलाहरु खुलेर बाहिर आउँदैनन् ।
७ कक्षादेखि १२ कक्षामा अध्ययन गर्ने युवतीहरु यस्तो दुव्र्यसनीमा फस्ने गरेका क्षेत्री बताए । ‘अन्तिम अवस्थामा त्यस्ता युवतीहरुले परामर्शका लागि बोलाउ“छन्,’ क्षेत्रीले भने । २०६९ को सरकारी तथ्यांक अनुसार कडा खालको लागुऔषधको प्रयोग गर्ने महिलाहरु २०० जना रहेका छन् । जुन १५ प्रतिशतले बढिरहेको अनुमान छ ।
सहारा हाउसका अभिराज क्षेत्री महिलाका लागि महिलाले नेतृत्व गर्ने सक्षम नेतृत्व आउन सकेमा महिलाका लागि छुटै पुनस्थापना केन्द्र सञ्चालन गर्न सजिलो हुने धारणा राख्छन् । आर्थिकरुपमा सम्पन्न ठूला घरका छोरीहरु समेत दुव्र्यसनीमा फसेका छन् । ७ कक्षादेखि १२ कक्षामा अध्ययन गर्ने युवतीहरु यस्तो दुव्र्यसनीमा फस्ने गरेको नवकिरण सस्था संयोजक उत्तम खरेल बताए । उनीहरु कलेजकै पोशाकमा साथीहरुस“ग टाढा–टाढा गएर लागुपदार्थ सेवन गर्छन् ।
नेपालमै काठमाडौ र पोखरामा युवतीको लागि भनेर पुनस्र्थापना केन्द्र संचालन गरेतापनि नेपालगन्जमा युवतीहरुका लागि पुनस्र्थापना केन्द्र छैन् । निजी क्षेत्रबाट केही संस्थाहरुले युवाहरुका लागि पुनस्र्थापना केन्द्र संचालन गरेका छन् । खरेलका अनुसार, घरायसी चिन्ता, साथीभाईको संगत र कम उमेरमा बिवाह गरेर छुट्टिएका महिलाहरु दुव्र्यसनीमा फसेका छन् । ‘परामर्शका लागि बोलाए भने महिला पुनस्र्थापना केन्द्रमा जान सल्लाह दिन्छौं,’ उनले भने, ‘युवतीहरु खुलेर आउन नसक्दा केही बर्षमा उनीहरुको संख्या बढ्ने देखिन्छ, यसका लागि अभिभावक र सरोकारवाला सचेत रहनुपर्छ ।’
सीमावर्ती भारतीय बजार रुपैडिहामा सहजै पाइने लागु औषधमा युवकसँगै युवतीको पनि उत्तिकै पहुँच बढेकाले । बाँकेमा युवक मात्रै होइन, युवतीहरुसमेत लागु औषधका प्रयोगकर्ताको रुपमा रहेको देखाएको छ ।
साथीहरुको लहलहैमा लागेर लागुऔषधको कुलतमा पसेका प्रायः युवतीहरु यौन ब्यबसाय गरिरहेको प्रहरीको अनुसन्धानले देखाएको छ । नेपालगन्ज तथा बाहिरी जिल्लाबाट नेपालगन्जमा पढ्न या अरु कुनै काम विशेषले बसेका युवतीहरु पनि कुलतमा फसेको देखिएको छ । अभिभावकले पढ्न पठाएका युवतीहरु सहरमा आएपछि साथीकोसंगतमा कुलतमा फसेका हुन् ।
जिल्ला प्रहरी कार्यालय, बाँकेका मुद्दाफाँटका इन्चार्ज रणबहादुर विष्टका अनुसार, आर्थिक वर्ष २०७४÷७५ मा ११ जना युवती लागुऔषधमा पक्राउ परेका छन् । प्रहरी निरीक्षक विष्टले पुरुषसाथीको संगतमा लागेर किशोरी र युवती पनि कुलतमा फसेको बताए ।
नेपालगन्ज आफैमा पनि यसका प्रयोगकर्ता र कारोबारी वर्षेनी बढिरहेका छन् । आर्थिक वर्ष २०७४÷७५ मा दुई सय ४३ जना पक्राउ परे । एक सय ४७ वटा मुद्दा दर्ता भयो । ३ सय ७५ ग्राम २ सय ६२ मिलिग्राम ब्राउनसुगर, ८६ किलो दुई सय ५० ग्राम चरेश, ७ किलो तीन सय ग्राम अफिम, सय ग्राम गाजा, दुई हजार ६ सय ५० मिलिलिटर कोरेक्स, तीन हजार नौ सय २६ वटा नाइट्रोजेपामरनाइट्रोभेट, स्पाम ६९ ट्याब्लेट बरामद भयो । यद्यपि, बाँके जिल्ला र नेपालगन्ज सहरमा लागुऔषध प्रयोगकर्ता र कारोबारी कति छन् भन्ने यकिन तथ्यांक कसैसँग छैन ।
लागुऔषधविरुद्ध लागेका साहरा हाउसका अभिराज क्षेत्री बाँकेमा आठ हजार बढी प्रयोगकर्ता भएको बताउँछन् ।
नेपालगन्जलाई किन लागुऔषधको केन्द्र मानिन्छ । बाँके प्रहरीको मुद्दाफाँटमा रहेर अनुसन्धान गरिरहेका विष्ट भन्छन्, ‘खुल्ला सीमानाका कारण कारोबार बढिरहेको छ । भारतमा सहजै पाइने लागुऔषध कुनै न कुनै नाकाबाट नेपालगञ्जसम्म भित्रयाउने गरिन्छ ।’