रुपैडिहामा १६ बालकको उद्दार फन्दामा मानव तस्करीको आरोपमा ६ पक्राउ

सिमाक्षेत्रमा निगरानी बढाउँदै लगेको भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले विहिवार जोखिमपूर्ण रुपमा भारतका विभिन्न ठाउँमा लग्न थालिका १६ जना बालकको उद्दार गरेको छ ।

सिमाक्षेत्रमा निगरानी बढाउँदै लगेको भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले विहिवार जोखिमपूर्ण रुपमा भारतका विभिन्न ठाउँमा लग्न थालिका १६ जना बालकको उद्दार गरेको छ । त्यसक्रममा एसएसबीले ६ जनालाई मानव तस्करको आरोपमा पक्राउ गरेको छ ।
१६ जना बालकलाई रोजगारीका लागि उत्तराखण्ड लगिरहेको दाबी गरेका तस्करलाई एसएसबीले आवश्यक कारवाहीका लागि बाँके प्रहरीको जिम्मा लगाएको छ । रुपईडिहा एसएसबीले कृष्ण बहादुर नेपाली, करन, अम्बरलाल, चेत बहादुर, तुल बहादुर, मान बहादुर, लल्लु बिकलाई नियन्त्रणमा लिई कारवाहीका लागि बाँके प्रहरीलाई बुझाइएको डिप्टी कमान्डेन्ट शैलेन्द्र पाण्डेयले बताए ।
यसअघिको सुरक्षा बैठकमा उठेका एजेण्डामा एसएसबीले काम गर्न सक्रियता देखाएको बताउँदै मानव तस्करी र लागुऔषध सिमाक्षेत्रको गम्भीर समस्या रहेको पाण्डेयले बताए ।
भारतीय बाटो हुँदै खाडी देशहरुमा पठाउने गिरोह सक्रिय रहेको बताउँदै एसएसबीले महिला र बालबालिका विरुद्ध चेकजाँच र निगरानी तिब्र बनाएको छ । बुधवार एसएसबीले ५० ग्राम ब्राउन सुगर समेत बरामद गरिसकेको छ ।

प्रतिक्रिया

प्रतिक्रिया