आधी हुरीले ध्वस्त डुडुवा

बाँकेको डुडुवा गाउँपालिकामा आँधी हुरीले ढलेका पोल मर्मत नहँुदा स्थानीयले अझै बत्ती बाल्न पाएका छैनन । एक हप्ता अघि आएको आँधी हुरीले गाउँपालिकाको वार्ड नं. ४ र ५ मा ३० वटा विद्युत पोल ढलेका छन, भने केही भाँचिएका छन । विद्युत कार्यालयले सुस्त गतिमा पोल गाड्ने तथा मर्मत कार्य गर्नाले बक्ती बाल्न नपाएको भन्दै स्थानीय आक्रोसित भएका छन ।


अत्याधिक गर्मीको मौसममा लामो समयसम्म विद्युत आपुर्ति बन्द भएपछि स्थानीयलाई हैरानी भएको छ । विद्युत कार्यालयले मुख्य सडकका पोल गडिसकिएको र गाउभित्रका पोल केहीदिनमै गाड्ने बताएको छ ।
आँधी हुरीले गाउँपालिकाको वडा नं. ४ र ५ मा बढी क्षति पुरयाएको छ । आँधी हुरीले वाड नं. ५ गोहनाका १२ वर्षिया गिता कुमाई घरको छानाले च्यापिएर गम्भीर घाईते हुनुभएको छ । उहाँको टाउँको र शरिरका अन्य भागमा गहिरो चोट लागेको वडाध्यक्ष प्रशराम बुढाथोकीले बताउनुभयो । अहिले उहाँको कोहलपुर मेडिकल कलेजमा उपचार भईरहेकाले थप उपचार सहयोगका लागि आजै जिल्ला प्रशासन कार्यायल बाँकेलाई सिफारिस पत्र समेत पठाएका छौ ।


गाउँपालिकाको दुई वटै वडामा टिन, टायल र फाइवरले छाएको करिब ७० जनाको घरको छाना उडाएको छ, भने एक दर्जन बढी रुख ढलेको छ । हुरीले छाना उडाएपछि नागरिकलाई तत्काल बस्न समेत समस्या भएको छ ।
उनीहरुले तत्काल राहतको माग गर्दै छानाको व्यवस्थापन गर्न सरोकारवाला निकायसंग माग गरेका छन । सो क्षतिका बारे वडाध्यक्ष बुढाथोकी नेतृत्वको टोलीले अनुगमन समेत गरेको छ ।


अनुगमनका क्रममा भएका क्षतिबारे वडाध्यक्षले गाउँपालिकालाई समेत जानकारी गराएका छन । गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले विपत प्रकोपले प्रभावित गाउँपालिकालाई थप बेला बेलामा प्रभावित बनाएको भन्दै आधी हुरीले धेरै क्षति पुरयाएको बताउनुभयो । उहाँले त्यसको राहत तथा क्षतिपुर्तिका लागि सम्वन्धीत निकायमा पहल भईरहेको बताउदै विद्युत आपुर्ति सेवा तत्काल सुचारुका लागि पहल भएको बताउनभयो ।

प्रतिक्रिया

प्रतिक्रिया