प्रादेशिक राजधानीका लागि कोहलपुरमा बहस

सरला सुवेदी

बाकेमा प्रदेश राजधानीका लागि बहस सुरु भएको छ । प्रदेश नंं ५ का सबै जस्तो जिल्लाले प्रदेश राजधानीका लागि आफ्नो ‘लबिङ्ग’ गरिरहेका छन् । त्यसैक्रममा कोहलपुरले पनि प्रदेश राजधानीका लागि आइतबार छलफल कार्यक्रमको आयोजना गरेको छ ।

 

कोहलपुर नगरपालिका र कोहलपुर नगरबिकास समितिको आयोजना भएको बहसमा वक्ताहरुले विभिन्न तर्कहरु प्रस्तुत गर्दै प्रदेश नं. ५ को राजधानीको लागि उत्तम विकल्प बाके भएको बताएका थिए । प्रदेशको राजधानी लगायत बा“केको विकास र समृद्धिका सवालमा सर्वपक्षीय बृहत अन्तरक्रिया कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिका प्रमुख लुटबहादुर रावतले राजधानीको विकल्प बा“के बाहेक अन्त नभएको बताएको दाबी गरे ।

 

‘समग्र विकासको हिसावले राज्यले एउटा राजधानी संचालन गर्नको लागि बा“केमा जति भौतिक पूर्वाधार अरु जिल्लामा छैन’, बाके क्षेत्र नम्बर १का प्रतिनिधि सभा सदस्य महेश्वर गहतराज अथकले भने, ‘बा“के भारतीय सीमा स“ग जोडिएकाले राजधानी भएमा त्यसबाट पनि व्यवसायिक फाइदा लिन सकिन्छ ।’ उनले न्यायिक मुख्यालय दाङलाई र प्रादेशिक राजधानी बाके बनाउन आफुले सक्दो पहल गर्ने प्रतिबद्धता जनाए ।

 

 

बा“के क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य मो.इस्तियाक राईले प्रादेशिक राजधानीका लागि बाकेबासी पहिले एकजुट हुन आवश्यक रहेको तर्क गरे । ‘खजुरा, नेपालगन्ज र कोहलपुर भन्ने आवाज उठाइनु भएन यसले हाम्रो मागलाई झन् कमजोर बनाउछ’, प्रतिनिधिसभा सदस्य राईले भने । उनले यही सीमांकनमा बाकेमा राजधानी बनाउन नसकिने हो भने सीमांकन समेत हेरफेर गर्न सकिने तर्फ जोड दिंदै भने, ‘हाम्रो पहल पनि त्यसमै केन्द्रित हुन आवश्यक छ ।’

 

नेकपा एमालेका युवा नेता सुर्य ढकालले सबैलाई पायक पर्ने बाके जिल्लालाई राज्यको केन्द्र बिन्दु तोकिनु पर्ने कुरामा जोड दिए । नेपालगन्ज हुन नसके केन्द्रका हिसाबले दाङ्ग प्रादेशिक राजधानी हुनुपर्ने धारणा राख्दै नेता ढकालले भने, ‘दाङ छोडेर बुटवललाई प्रादेशिक राजधानी बनाइए बाकेलाई ६ प्रदेशमा जोड्नको लागी पहल गरिनुपर्छ ।’ उनले बा“के भौगोलिक संरचना र जनचेतनाको हिसाबले पनि प्रादेशिक राजधानीका लागि उपयुक्त स्थान रहेको धारणा राखे ।

 

कार्यक्रममा नेकपा माओवादी केन्द्रका युवा नेता नरेन्द्र न्यौपानेले संघीयताको व्यवहारिक प्रयोगको लागि र पश्चिम नेपालकै व्यापारिक केन्द्र, राजनीतिक केन्द्रको रुपमा बा“के जिल्ला नै उपयुक्त रहेको बताए । कार्यक्रममा
नगर विकास समितिका अध्यक्ष अवराज खड्काले ५ नम्बर प्रदेशको राजधानी बा“के जिल्लामा नै हुनुपर्छ भन्दै आधारपत्र प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया

प्रतिक्रिया