भोलि नेपालगन्जको नगरसभा

नेपालगञ्ज उपमहानगरपालिकाको ८ औं नगरसभा बिहिवार हुने भएको छ । जिल्ला समन्वय समितिको सभाहलमा विहान ११ बजे नगरसभा हुने उपप्रमुख उमा थापा मगरले जानकारी दिइन् । नगरसभामा ऐन पारितका लागि पेश हुने भएको छ ।

यसैगरी चालु आर्थिकवर्षका लागि विनियोजित बजेट मध्ये केही योजनाको रकमान्तरण हुनेछ । नगरसभाको अघिल्लो दिन नगर प्रमुख डा. धवलशम्शेर राणाको अध्यक्षतामा बुधबार बसेको कार्यपालिका बैठकले नगरसभामा प्रस्तुत हुने प्रस्तावमाथी छलफल गरि आवश्यक निर्णय गरेको प्रबक्ता प्रमोद रिजालले जानकारी दिएका छन् ।

प्रतिक्रिया

प्रतिक्रिया