रूपा गहतराज (नेपालगन्ज)
बाकेको राप्तीसोनारी गाउपालीका वडा नं ७की शर्मिला शाह १५ बर्षकी भइन् । उनि अहिले कक्षा १०मा पढदै छन् । उनको उमेर भन्दा बढी नै उनि पाकि देखिन्छन् । त्यसैले होला उनको घरमा उनको बिहेको कुरा चल्यो ।घरमा बिहे गर्न उनलाइ परिवारले दबाब दिए । आफनै आफन्तका छोरा संग बिहेको कुरा चल्यो । आफन्त घरमा आए । बिहेको मिती अनि तयारी सुरु गर्न अनुरोध गरे । बिहेको सुइको पाए पछि उनले घर परिवार संग झगडा गरीन् । अहिले बिहे नगर्ने अडान लिइन् । परिवारले मानेनन् । अनेको लालच देखाए । बिहे गरेपछि सुखं पाइन्छ । भन्दै परिवारले नै फकाए । तर उनले बिहे गर्न मन्जुरी दिइनन् । अन्तमा बिहे गरे प्रहरीलाइ खबर गरिदिन्छु भनेर धम्की दिइन्। परिवार अचकिए । उनले परिवारबाट डर त्रास मात्र होइनन् मानसीक तनाब पनि भोग्नु परयौ । आफनै परिवार उनि संग रिसाए ।
बुधबार राप्तीसोनारी गाउपालीकाको किशोरीको भेलामा उनले आफनो भोगाइ सुनाइन् । जो आफै बालबिबाह रोक्ने अभियानमा क्रियाशिल छन् । मलाइ थप चुनौती छ । ‘म आफै बालबिबाह रोक्ने अभियानमा छु कसरी बालबिबाह गर्न सक्छु’ । उनले भनिन् , ‘त्यसैले मैले आफै आफनो बिबाहको प्रतिकार गरे , उनि राप्तिसोनारी गाउपालिका स्थीत समाबेशि किशोरी क्लब की सदस्य हुन् । एक बर्ष अघि उनि बालबिबाह नियन्त्रणको अभियानमा जोडिएकी हुन् । ‘सुरुमा धेरै कुरा बुभदिन्थे’ । उनले भनिन्,‘ अब बिभेद हिसां नकारात्मक अभ्यासलाइ चिन्न सक्छु ।प्रतिकार गर्न सक्छु ’। अहिले घरमा सबैलाइ बुझाउ सकेकी छु। उनको काम संग परिवार पनि सहमत भएका छन् । पिता हराएपछि तिन दिदी बहिनीकी उनी एउटै साहारा हुन् । बहिनी हिडन सक्दीनन् । एक दाइ पनि पोलियोले हिडन सक्दैनन् ।अर्का दाइ कामका लागि भारत पसेका छन् । उनलाइ यो साहस त्यसै आएको होइन् । दिदीले ११ बर्षको उमेरमा बिहे गरेपछि । दिदीले भोगेको मानसीक तनाबले उनलाइ सानैमा बिहे गर्न नहुने नजीर स्थापीत गरिदियो । बिहे पछि भेनाजु ११ बर्ष बेपत्ता भए । दिदीले धेरै दुखं गरेर एक्लै छोरा लाइ हुर्काउनुभयो । उनले भनिन् ,‘नबुभेर बिहे गर्दाको परिणाम थियो ।’
बालबालिकाले स्वच्छिक रूपमा गरेको होस् या अभिभावकले गराइदिएको होस बालविवाह रोक्नु आफैंमा चुनौतीपूर्ण काम हो। यस्तै भोगाइ राप्तीसोनारी गाउपालीकाकी लक्ष्मी थारुको पनि छ । १२ कक्षामा पढदै गरेकी लक्ष्मी लाइ उनकै भाउजुको भाइ संग बिहे गर्ने प्रस्ताब आयो । जति बेला उनि भर्खर १६ बर्षकी थिइन् । हेर्दा पनि राम्रि जिउडाल साह्रै मिलेको । उमेर भन्दा हरलक्कै बढेकी । परिवारले पनि बिहे गर्न उमेर भयो भन्ने अडकल लगाए । आफन्तले पनि घरमा आएको राम्रो रिस्ता नगुमाउन् सुझाए । लक्ष्मी लाइ भने पढने हुटहुटीले बिहे को लागि तयार पार्न सकेन ्। उनले अहिले बिहे नगर्ने उदघोष गरीन् । परवारले दिने दबाब कम भएन् । किन कहिले बिहे गर्ने भनेर परिवारले केरकार गरीरहयो ।
उनले बिहे गरे आफु घर छाडेर जाने भन्दै धम्की दिइन् । प्रहरीमा जाने भनि पनि सुनाइन् । परिवार डराए । उनको बिहे को कुरा रोकीयो । दुइ बर्ष अघिको कुरा निर्धक्क सुनाउदै गर्दा लक्ष्मीका आखामा बेग्लै साहस देखिन्थ्यौ । ‘आफनो लागि आफैले प्रतिकार नगरे कसैले सहयोग गर्दैनन्’। लक्ष्मीले पाएको सबक त्यहि थियो । उनले भनिन्,‘ आफनो लागि आफैले बोल्न जरुरी रै छ’ । उनि अहिले गाउमै बालबिबाह नियन्त्रणको अभियानमा जुटेकी छन् । उनी १२ कक्षा सकाएर । अगाढीको पढाइ लाइ निरन्तरता दिने धुनमा छिन् । तर नातेदारहरु पनि पिठयु पछाडी कुरा काटन छाडदैनन् ।‘बुढी कन्या बस्छी क्या हो भनेर घोच्छन् । उनिहरु लाइ पनि लक्ष्मी त्यसरी नै जवाफ फर्काउर्छीन् । उनले भनिन् ‘२० बर्ष नपुगेर बिहे गर्दीन् । बरु बुढी कन्या नै बसुला’ ।
अभियान्तानै भागेर बिहे गरीरहका खबर आइरहेका बेला बालबिबाह रोकथामको अभियानमा लागेका किशोरीहरु यसरी आफनै बिहे रोक्न सफल भएका हुन् । शर्मिला लक्ष्मी मात्र होइन् । समाबेशि किशोरी क्लबका किशोरीहरु एक वर्षदेखि बालविवाह न्यूनीकरणको अभियानमा जुटिरहेका छन्। उनिहरुले जोखिम मोलेरै गाउमै हुन लागेका ५ वटा बिहे रोकेका छन्। बालविवाहविरुद्ध काम गरिरहेका अभियन्ताले एक्लै काम गर्दा जोखिम मोल्नुपर्ने भएकाले स्थानीय तह, वडा प्रहरीलगायत सरोकारवालाको सहयोगमा अभियानलाई निरन्तरता दिइरहेको बताएका छन्।
‘किशोरी क्लबमा आबद्ध धेरै कुरा जान्ने अवसर पाएका छौं’, किशोरी क्लबकी एलीना थारुले भनिन्, ‘हामीले बुझेका कुरा आफना घर, छिमेकमा पनि बुझाइरहेका छौं ।’ सुरुमा संस्थाको सहयोगमा क्रियाशिल किशोरी क्लब अब सक्षम हुदै गएका छन् । उनीहरु आफना अधिकार के हुन् र त्यसका लागि कहाँ गएर आना बोल्नुपर्छ भन्नेमा पनि सचेत हुदै गएका छन् । ‘ किशोरी विरुद्ध हुने आफु लाइ परेको हिसां बिरुद्ध प्रतिकार गर्न ,न्यायका लागि पहल गर्न सहज हुदै गएको छ’, राप्तीसोनारी गाउँपालिका वडा नं. ७ स्थीत सामाजिक अभियान्ता बालविवाह धन कुमारी थारुले भनिन् ।
क्लबका लागि राप्तीसोनारी गाउपालिकाको वडा नं. ७ ले वडा कार्यालयमा एउटा कोठा उपलब्ध गराएको छ । जसमा किशोरी क्लबको नियमित बैठक बस्दै आएको छ । प्लानको सहयोगमा स्याकले त्यहँ रहेका किशोरी क्लबका लागि तालिमदेखि खेलकुदका सामाग्रीदेखि कम्प्युटर सम्म उपलब्ध गराएको छ ।
किशोरी क्लबमा आबद्ध भएकाहरु समूहमा कम्प्युटर सिक्ने गर्दछन् । किशोरीहरु गाउमा कसैको बालविवाह भएर त्यसलाई रोक्नका लागि योजना बनाउछन् । बाल विवाह विरुद्ध जनचेतनामूलक र्याली, सडक नाटक देखि जनप्रतिनिधिसम्मलाई भेटेर झक्झक्याउछन् ।
बिद्यालयमा वडाध्यक्षको ‘क्लास’
राप्तीसोनारी गाउँपालिका ७ का वडाध्यक्ष राम लखन थारु पूर्व शिक्षक समेत हुन् । उनले आफनो वडामा रहेका ६ वटा विद्यालयमा बाल विवाह विरुद्धको अभियान सुरु गरेका छन् । थारुले वडामा रहेका विद्यालयमा गएर कक्षा ९ र १० मा अध्ययनरत् विद्यार्थीहरुका लागि बाल विवाह विरुद्धको ‘क्लास’ नै सञ्चालन गर्ने अभियान थालेका हुन् । ‘मधेसी, थारु समुदायमा अभिभावकले नै बाल विवाह गरिने संस्कार रहेको छ’, वडाध्यक्ष थारुले भने, ‘त्यसलाई चिर्नका लागि विद्यालयका विद्यार्थीहरु मार्फत अभियान थालेको हु ।’
प्रदेश ५ सामाजिक मन्त्रालयको बालबिबाह बिरुद्धको एक कार्यक्रममा सहभागी भएपछि थारुले बाल विवाह विरुद्ध विद्यालयमा कक्षा लिन प्रेरणा मिलेको बताए । ‘वडा कार्यालयमै पालिका स्तरीय किशोरी क्लबको कार्यालय राखेको छु’, उनले भने।
विद्यालयमा बाल विवाह विरुद्ध सचेतनामूलक कार्यक्रम गर्दा त्यो सन्देश वडाभरी नै प्रवाह हुने वडाध्यक्ष थारुको विश्वास छ । ‘विभिन्न टोलका विद्यार्थी विद्यालय पुगेका हुन्छन्, उनीहरुलाई सचेत बनाउदा त्यो सन्देश पुरै वडाभरी पुग्न सक्छ’, थारुले भने, ‘तीन वटा विद्यालयमा मैले क्लास लिइसकेको छु, थप विद्यालयमा जाने योजना छ ।’ वडाध्यक्षको जिम्मेवारीबाट फुर्सदका बेला विद्यालय पुगेर बालबिबाह बिरुद्ध सन्देश फैलाउने गरेको थारुले बताए ।
वडाध्यक्ष थारुले नबुझ्ने मधेसी, थारु समुदायले बुझ्दै गएपछि बाल विवाह गर्नु हुदैन भन्नेमा सचेत हुदै गएपनि बुझेका अभिभावकले बालविवाह गर्ने गरेको पाएको बताए । ‘त्यसैले अभिभावकलाई पनि बाल विवाहको असर र कानुनी कारवाहीका लागि प्रशिक्षण दिन आवश्यक देखेको छु’, उनले भने । ‘बर्षौदेखि बालविवाहको संस्कार छ’, वडाध्यक्ष थारुले भने, ‘त्यसलाई भत्काउन समय लाग्छ, त्यसैले निरन्तर अभियान जारी राख्नुपर्छ ।’










