नयाँ वर्षलाई वेस्टर्नको नयाँ अफर

आउँदै गरेको नेपालीहरुको नयाँ बर्ष पारेर वेस्टर्न युनियन मनी ट्रान्सफरले ‘नगदमा हर्ष बनिरहोस्, नयाँ बर्ष शुभ रहोस्’ अफर शुरु गरेको जनाएको गरेको छ । वेस्टर्न युनियन मनी ट्रान्सफरले नयाँ बर्षको उत्सवमा ग्राहकहरुको खुशी बढाउने लक्ष्य सहित नयाँ योजना ल्याएको हो ।

कम्पनीले प्रेस विज्ञप्ति अनुसार, योजनामा सहभागी हुनका लागि, ग्राहकहरुले नेपालका सबै ७७ जिल्लाहरुमा फैलिएका वेस्टर्न युनियन मनी ट्रान्सफर सेवाका १५,००० भन्दा बढी भुक्तानी काउन्टरहरु मध्ये कुनैबाट आफ्नो रेमिटेन्स प्राप्त गर्नुपर्नेछ । अभियान अवधिका प्रत्येक कारोबारहरु स्वतः रुपमा साप्ताहिक र बम्पर ड्रको लागि समावेश हुनेछन् । यो योजना नेपालभर चैत १२, २०८० देखि शुरु भइ बैशाख १८, २०८१ सम्म लागू हुनेछ ।

पाँच हप्तासम्म हरेक हप्ता सात जना भाग्यशाली ग्राहकहरुले साप्ताहिक लक्की ड्र मार्फत रु १५,००० रुपैयाँ जित्न सक्ने जानकारी दिंदै विज्ञप्तिमा भनिएको छ, ‘अभियानको अन्त्यमा एक भाग्यशाली विजेताले बम्पर ड्र मार्फत १००,००० रुपैयाँ जित्न सक्नेछन् ।’

नेपालकै पहिलो रेमिट्यान्स सेवा प्रदायक वेस्टर्न युनियन मनी ट्रान्सफर २७ वर्षभन्दा बढी समयदेखि नेपालीहरुलाई २०० भन्दा बढी देश र क्षेत्रहरुबाट पैसा प्राप्त गर्ने सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया