रंगोली बनाउँदै पुरस्कार जित्दै

तिहार नजिकिंदै छ । तपाई आफ्नो घरमा पक्कै रंगोली बनाउँदै हुनुहुन्छ । यदी त्यो हो भने तपाईका लागि एउटा सुखद् खबर छ ।

‘उत्कृष्ट रंगोलीलाई यसपटक हामी रु. १० हजार रूपैयाँ सहित पुरस्कृत गर्दैछौं’, नेपालगन्जको प्रतिष्ठित फर्निचर कम्पनी अम्बे फर्निसिङ्गका प्रबन्ध निर्देशक पंकज श्रेष्ठले समाचारदातासँग भने, ‘त्यसका लागि विज्ञापनमा देखाएजस्तै प्रक्रिया फलो गर्नुपर्छ ।’


यसअघि पनि विभिन्न सिर्जनशील योजना लिएर बजार व्यवस्थापनमा अघि सरेको अम्बेर फर्निसिङ्ग गार्डेनले यस बर्ष सांस्कृतिक जर्गेर्ना सँगै कलाको सिर्जनशील प्रयोगलाई पुरस्कृत गर्न लागेको श्रेष्ठको भनाइ छ ।

‘प्रथम पुरस्कार रु. १० हजार मूल्य बराबरको उपचार भौचर प्रदान गर्दैछौं’, उनले भने, ‘द्वितीय पुरस्कारमा एक जोडीलाई रात्रीभोज लगायतका पुरस्कार राखिएका छन् ।’

तल हेर्नुस् पुरस्कार जित्ने तरिका

प्रतिक्रिया

प्रतिक्रिया