पश्चिम नेपालको जाजरकोटलाई केन्द्रबिन्दु बनाएको भूकम्पमा परेर कैयन जनाको ज्यान गएको अधिकारीहरूले बताएका छन् ।
शुक्रवार राति गएको भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिम जिल्लामा सबैभन्दा धेरै क्षति भएको नेपाल प्रहरीले जनाएको छ ।
भुकम्पबाट भएको धनजनको क्षतिमा आपतकालीन राहत प्रदान गर्न लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ एनको तर्फबाट तत्कालको लागि रु ५ लाख बराबरको खाद्यान्न तथा आवश्यक सामग्री लिएर नेपालगन्जबाट डिष्ट्रिक गभर्नर मुकुट ढकालको नेतृत्वमा स्वयमसेवक टोली जाजरकोट प्रस्थान गरेका छन् ।
लायन्स लिडर उमा थापामगरका अनुसार, तत्कालका लागि चाउचाउ, बिस्कुट, चिउरा, भुजा, ब्लांकेट, न्यानोटोपी, पीफम, त्रिपाल वितरण गरिने छ । राहत वितरण टोलीमा लायन्स गभर्नर ढकालसँगै क्याबिनेट सेक्रेटरी उमा थापामगर, ट्रेजर तेज प्रसाद अधिकारी, चिन्तामणि धिताल, कृष्ण प्रसाद श्रेष्ठ, श्रीधर शर्मा, संजय थापा, राजेन्द्र रिजाल, अजय कनोडिया रहेका छन् ।
त्यसैगरि सुर्खेतबाट लायन्स लिडर टिकाराम चपाईको नेतृत्वमा १५ जनाको टोली रु ४ लाख बराबरको राहत सामाग्री लिएर राहत वितरणसंगै उद्धार कार्यमा सहयोग गर्न शनिवार नै जाजरकोट पुगिसकेको जानकारी दिंदै गभर्नर ढकालले
दैनिक नेपालगन्जसँग भने, ‘घटनास्थलमा सबै अध्ययन अवलोकनका आधारमा अन्य थप सहयोगका लागि पहल लिइनेछ ।’