नेपालगन्ज जुत्ता, चप्पल व्यवसायी संघले आज शनिबार आगामी कार्यकालका लागि नेतृत्व चयन गर्ने भएको छ । संघले आज आयोजना गर्न लागेको साधारणसभासँगै अधिवेशनमा नयाँ नेतृत्व कार्यसमिति चयन गर्न लागेको जानकारी दिएको छ ।
‘सर्वसम्मत कार्यसमिति निर्वाचित गर्नेछौं’, संघका संस्थापक समेत रहेका निवर्तमान अध्यक्ष विष्णु प्रसाद श्रेष्ठले १ सय ३५ बढी व्यवसायी संगठित रहेको जानकारी दिंदै भने, ‘अहिलेको अवस्थामा नेतृत्वमा कुनै किसिमको प्रतिस्पर्धात्मक विधि भन्दा सहअस्तित्वको भावनाबाट सर्वसम्मत कार्यसमिति बनाएर अगाडि बढ्नेछौं ।’
कमल प्रसाद पौडेलको अध्यक्षतामा रहेको वर्तमान कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष रहेका कविराम जैसी आगामी नेतृत्वका दाबेदार छन् । दुई बर्षे कार्यकाल रहने संघमा रहेका व्यवसायीहरू कम्तिमा १० लाखदेखि करोडौं लगानीमा व्यवसाय सञ्चालन गरिरहेका छन् ।